Advertisement
Advertisement
Advertisement
Advertisement

युरोपमा लकडाउनका कारण जन्मदर घटेको निष्कर्ष

  |      14:20:00   |  
युरोपमा लकडाउनका कारण जन्मदर घटेको निष्कर्ष

असोज ३०, काठमाडौं। सन् २०२१ को ज्यानुअरी महिनामा युरोपमा जन्मदर अघिल्ला वर्षहरूका तुलनामा १४५ ले घटेको पाइएको छ।

त्यसको सम्भाव्य कारण चाहिँ कोभिड-१९ को पहिलो लहर हुनसक्ने एउटा अध्ययनले निष्कर्ष निकालेको छ।

लामो लकडाउन कारण

ज्यानुअरी २०२१ भनेको कोभिडसम्बन्धी लकडाउनहरू लागु भएको ९ देखि १० महिनापछिको समय हो।

उक्त अध्ययनले लामो लकडाउनहरूका बेला कम गर्भ रहेको देखाउँछ।

जुनजुन देशमा स्वास्थ्य प्रणालीहरूमा चाप परेको थियो ती देशमा त्यस्तो गिरावट देखियो।

लिथुआनिया तथा रुमेनियामा जन्मदर सबभन्दा धेरै घटेको पाइयो-क्रमश २८% र २३%।

जबकि कुनै पनि लकडाउन नगरिएको स्वीडनमा चाहिँ जन्मदर स्वाभाविक नै रहेको ह्युमन रिप्रोडक्सन नामक जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षले देखाएको छ।

अनुसन्धानकर्ताहरू भन्छन्- यी निचोडले 'खासगरी पाका उमेरका मानिसको धेरै जनसङ्ख्या हुँदै गरेका युरोपू' जस्ता क्षेत्रमा दीर्घकालीन परिणामहरू ल्याउनसक्छ।

'लकडाउन जति लामो भयो उति नै गर्भवती कम भएको पाइएको छ। महामारीले गम्भीर असर नपुर्‍याएका ठाउँमा पनि त्यस्तै देखियो,' लोजान युनिभर्सिटी हस्पिटलकी सोनोग्राफर तथा अध्ययनकर्ता डा। लियो पोमारको भनाइ छ।

'हामीलाई के लागेको छ भने दम्पतीहरूमाझ कोभिड-१९ को पहिलो लहरका बेला त्यतिखेर रहेको स्वास्थ्य तथा सामाजिक सङ्कटबारेको त्रासले नौ महिनापछि जीवित शिशुको जन्मदर घटाउन योगदान गर्‍यो।'

उक्त अध्ययन रिपोर्टका अनुसार सामाजिक दूरी, भाइरसको त्रास अनि सामाजिक र आर्थिक सङ्कटले 'दम्पतीहरूलाई बच्चा जन्माउने निर्णय पछि सार्न अप्रत्यक्ष दबाव भयो।'

इङ्ग्ल्यान्ड र वेल्समा सन् २०२१ को ज्यानुअरीमा सन् २०१८ र २०१९ को ज्यानुअरीको तुलनामा १३५ कम जन्मदर भयो। स्कटल्यान्डमा त्यो अनुपात १४५ ले घट्यो।

फ्रान्स र स्पेनले क्रमशस् १४५ र २३५ गिरावट देखे।

अध्ययनअनुसार सन् २०२१ को मार्च महिनासम्म आइपुग्दा जन्मदर फेरि महामारी पहिलाकै अवधिमा जत्तिकै भयो। त्यो भनेको लकडाउन खुलेको ९-१० महिनाको अवधिसँग मिल्छ।

तर त्यसो हुँदा पनि ज्यानुअरीमा घटेको जन्मदरको क्षतिपूर्ति भने हुन नसकेको अध्ययनकर्ताहरूले जनाएका छन्।

स्रोत-बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement