फागुन २५, मोरङ । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी १ नक्सालवारिका ५७ को हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए।
बिहीबार दिउँसो १२ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । हेमकर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन् । कान्छी श्रीमती भने छुटै विराटचोकमा बस्ने गरेकी थिइन् ।
हेम कर्ण र देवीको बेलबारीमै मासु पसल समेत रहेको छ । उनले मासु काट्ने दाउले प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान रहको छ । श्रीमान् भने फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।