Advertisement
Advertisement
Advertisement
Advertisement

मिसेल योहले ओस्करमा यसरी रचिन इतिहास

  |      17:39:00   |  
मिसेल योहले ओस्करमा यसरी रचिन  इतिहास

फागुन ३०, काठमाडौं ।एसियाली कलाकारका लागि ९५ औं ओस्कर रेकर्ड राख्ने वर्ष बन्यो । मिसेल योहले उत्कृष्ट अभिनेत्रीको ओस्कर जित्ने पहिलो एसियाली कलाकारको इतिहास रचिन् ।

एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सुमा निभाएको चरित्रबाट मलेसियन अभिनेत्री योहले यो रेकर्ड बनाएकी हुन् । यो वर्ष उत्कृष्ट फिल्मसँगै ७ विधामा अवार्ड उचालेको एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सुमा योह एभ्लिन वाङको भूमिकामा देखिएकी छिन् । लौन्ड्री व्यवसाय चलाउने चिनियाँ–अमेरिकी वाङले आफ्नो फरक स्वरुपलाई मल्टिभर्समा कसरी भेटाउँछिन् अनि विश्व जोगाउन कस्तो कदम चाल्छिन् भन्ने कथा फिल्ममा देखाइएको छ ।
 

सबै पुरुष र महिलाहरु जो मजस्तै देखिनुहुन्छ, ज-जसले मलाई आज यहाँ हेर्दै हुनुहुन्छ । यो आशा र सम्भावनाको किरण होओस्कर उचाल्दै योहले भावुक मुद्रामा भनिन्,'सपना साकार हुन्छन् भन्ने यो प्रमाण हो ।अनि महिलाहरु, तपाईं कसैलाई पनि यो भन्न नदिनु: कि तिम्रो उमेर गयो । हिम्मत नहार्नुस् ।'
 

आफूले उचाल्दै गरेको ओस्करको श्रेय आमालाई सुम्पदै योहले थपिन्,मेरी आमा ८४ वर्षको हुनुभयो । म यो अवार्ड उहाँसामू पुर्‍याउन चाहन्छु । उहाँले मलाई मलेसियाबाट हेर्दै हुनुहुन्छ । धन्यवाद एकेडेमी, यो अवार्ड इतिहास बन्दैछ ।
 

योहले भनेझैं ओस्कर दाबेदार केट ब्लान्चेटलाई पछाडि पार्दै ६० वर्षीया उनी उत्कृष्ट अभिनेत्रीको विधामा रेकर्ड तोड्ने पहिलो एसियाली अभिनेत्री हुन् । मलेसियाको इपोमा जन्मेकी योहले हङकङको एक्सन फिल्महरुबाट अभिनय करिअर सुरु गरेकी हुन् । आफ्नो फिल्म करिअरमा आङ लीको 'क्रोचिङ टाइगर, हिडन ड्र्यागनुदेखि 'सुपरकपु, 'टुमोरो नेभर डाइजु र 'क्रेजी रिच एसियन्सुलगायतका फिल्महरुमा योहले अभिनय गरिन् । जब ड्यानिएलको 'साई-फाईु फिल्म 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सुमा एभ्लिनको भूमिका पाइन्, त्यसमा योहले आफ्नो अभिनयको सबै क्षमतालाई पस्किदिइन् । फिल्ममा मल्टिभर्स चाहरिरहे पनि एक आमाले छोरीलाई गर्ने प्रेम, परिवार र आफ्नो जिम्मेवारीप्रति देखाउने इमान्दारितालगायतका थुप्रै पाटोलाई छोएको छ ।

ओस्करमा यो इतिहास रच्न एसियाली कलाकारलाई लामो समय लागेको मिसेलले हालै 'द हलिउड रिपोर्टरुलाई बताएकी थिइन् । 'यो समय आउन निकै बेर लाग्यो । अहिले धेरै एसियालीहरुले मलाई तिमी यो गर्न सक्छौ, तिमी हाम्रो लागि त्यहाँ पुग्यौं भन्दैछन् । मलाई थाहा छ, यो लामो समय एसियालीलाई कसैले चिनेन अनि उनीहरुका कुरालाई सुनिदिएन ।'
 

योह उत्कृष्ट अभिनेत्रीको मनोनयमा पर्नु नै इतिहास बन्यो । एसियाली पुष्ठभूमिकी मर्ल ओब्रन ओस्करको ८ औं संस्करणमा यही विधामा मनोनयमा परेकी थिइन् । 'द डार्क एन्जलुमा गरेको किटी भेनको चरित्रबाट उनी मनोनयनमा परेकी थिइन् । तर, श्रीलंकाकी उनले त्यतिबेला आफ्नो पृष्ठभूमि लुकाइएकी थिइन् । योह अस्कर जित्ने पाँचौं एसियाली कलाकारमा पर्छिन् भने उत्कृष्ट अभिनेत्री जित्ने पहिलो ।

यो वर्ष ओस्करमा अभिनयको विधामा चार एसियाली कलाकारको मनोनयन पर्‍यो । अभिनेत्री योहसँगै 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सुमा सह-अभिनेताको भूमिकामा देखिएका 'के ह्ये क्वानु र 'स्टेफनी सु', 'हङ चाउ' मनोनयनमा परेका थिए । त्यससँगै 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सुका निर्देशकद्वाय ड्यानिएल क्वान र ड्यानिएल साइनर्ट, निर्माता जोनाथन वाङ, लेखक काजिओ इसिगुरो(लिभिङ), डोमी सी(टर्निङ रेड), भारतीय गीतकाररकम्पोजर चन्द्रबोस(आरआरआर) र एमएम किरावानी(आरआरआर) यो वर्ष ओस्कर मनोनयमा परेका अन्य एसियाली कलाकारहरु हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement