फागुन ३, काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ ।
लिम्बु समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । उनले काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी मान्छे कसरी जालमा पर्छे भन्ने कुरालाई विम्वपरक रुपमा भनेका छन् ।
पूर्वी नेपालको भूगोल र लिम्बु समुदायको संस्कृतिलाई टिजरमा समय र सन्दर्भको रुपमा प्रस्तुत गरिएको छ । टिजरमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् ।
‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, कमलमणी नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङ लगायतको पनि अभिनय छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...