भदौ २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समाजवादी पार्टी (नेसपा)का नेता मानुषी यमी भट्टराई र जेकेन्द्र श्रेष्ठले भेट गरेका छन् ।
गत बुधबार साँझ भएको भेटको तस्वीर मानुषीले शुक्रबार फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले भेटमा ‘समसामयिक राजनीतिक विषय’मा छलफल भएको बताइन् ।
मलाई पहिलेदेखि नै भेट्न मन लागेको थियो, त्यो कुरा उहाँसम्म पुगेछ र मलाई बोलाउनुभयो । त्यसपछि हामी भेट्न गयौं’ उनले अनलाइनखबरसँग भनिन्, ‘भेटमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भए । उहाँ (केपी ओली)ले बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ भन्नुभयो ।’