Advertisement
Advertisement
Advertisement
Advertisement

मानसिक सन्तुलन गुमेकी सोममायाले आर्थिक अभावका कारण उपचार पाइनन्

  |      16:03:00   |  
web image
web image

पुस २५, काठमाडौं । भर्खरको कलकलाउँदो उमेर छ। खेल्ने कुद्ने उमेरमा मानसिक सन्तुलन गुमेको छ। आर्थिक अवस्था कमजोर भएका कारण राम्रो उपचार गर्न नसकिएको पारिवारले जानकारी दिएको छ। 

भर्खर २३ वर्ष टेकेकी सोममाया राना विगत ३ वर्षदेखि मानसिक सन्तुलन गुमाएको उनका बहिनी माया रानाले बताइन्। चार वर्षअघि आफूले मन पराएको केटासँगै दिदीको बिहे भएको राना र त्यसपछि क्रमशः उनमा फरकपना देखिन थालेको रानाले बताइन्। उनीहरूका एक छोरी छन्।

'सुरुमा भेनाले पनि उपचार गर्नुभयो। पछि छोरीसहित दिदीलाई पनि माइतै ल्याएर छाड्नुभो। एकरडेढ वर्षदेखि दिदी माइतमै हुनुहुन्छ। अहिले भेना सम्पर्कमा आउनुहुन्न, बहिनी मायाले भनिन्। स्याङ्जाको बिरुवा गाउँपालिकाको चिन्नेबासमा जन्मिएका सोममायाले छिमेकी जिल्ला तनहुँमा विहे गरेकी हुन्। 

तीन दिदीबहिनी मात्र रहेको परिवारमा माइतर्फका बाबा ८० वर्षका वृद्ध छन्। आमा अपांग हुन्। उनको बोली नबुझिने बताइएको छ। परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले उपचारमा समेत कठिनाई भएको समाजसेवी एवं छिमेकी मोहन थापाले जानकारी दिए। 

सोममाया जेठी छोरी हुन्। माइली बहिनीले अघिल्लो वर्ष आत्महत्या गरेको बुझिएको छ। कान्छी बहिनी माया राना आफन्तको घरमा बसेर अध्ययन गरिरहेकी छन्। 

सोममायाका उपचारका लागि खर्चिने रकम परिवारसँग छैन। बिहान र साँझको हातमुख जोड्न पनि समस्या रहेको सो परिवारले सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गराउन सक्दैन। गाउँघरमा गरिएका स-साना उपचारले उनलाई निको हुँदैन। सबैले सहयोग गरेमा उनको अवस्था पहिलाको जस्तै फर्केर आउनसकिने विरुवा गाउँपालिकाका समाजसेवी डोलराज पोखरेलले बताए। 

मानसिक सन्तुलन गुमेकै कारण दक्षिण पश्चिम विरुवाका सोममाया मंगलबार (हिजो) प्रहरीले उत्तरतर्फको आँधीखोला गाउँपालिकाको पनि उत्तरी भेग सेपतमा भेटिएको सूचना सार्वजनिक गरेको थियो।साभार अन्नपूर्ण


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement