Advertisement
Advertisement
Advertisement
Advertisement

माइती नेपालद्धारा १३१ महिला तथा बालिकाको उद्धार

  |      10:58:00   |  
web imege
web imege

पुष १२, मोरङ । एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उनीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको उक्त संस्थाको दाबी छ ।

माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलका अनुसार सन् २०२२ देखि हालसम्म उद्धार गरिएकामध्ये १८ देखि ६० वर्ष उमेरसम्मका ८९ र १२ देखि १८ वर्षमुनि उमेरका ४२ छन् । सबभन्दा बढी मोरङका ३६, सुनसरीका २१, झापाका १५, काठमाडौंका ९, उदयपुरका ७, धनकुटा, इलाम, भोजपुरका ५/५, संखुवासभाका ४, सप्तरी, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, लमजुङ, सिन्धुलीका २र२ जना भएको उसले जनाएको छ । यस्तै, कैलाली, धनुषा, कपिलवस्तु, काभ्रेपलाञ्चोक, सर्लाही, सिरहा, गोर्खाका १/१ र सीमावर्ती भारतीय गाउँका ३ जनाको उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको पोखरेलले बताए ।

मोरङका ३४ जनामध्ये विराटनगर महानगरपालिकाका १४, रंगेली र सुन्दरहरैंचा नगरपालिकाका ४/४, कटहरी गाउँपालिकाका ४, बेलबारी र कानेपोखरीका २/२, उर्लाबारी, धनपालथान र सुनवर्षीका १/१ जना छन् । त्यसैगरी जातीय आधारमा चौधरी र राजवंशी समुदायका ३४, राई, लिम्बु, मगर, तामाङ, लामा ३४, ब्राह्मणरक्षेत्री २५, विकरपरियार १८, तराईवासी ८, मुस्लिम ५, नेवार ३, धिमाल, भुजेल, अग्रवाल, माझी समुदायका १र१ जना छन् ।

यो वर्ष महिला तथा बालिका हराएको सम्बद्धमा परेको ४७ वटा उजुरीमध्ये ११ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको पोखरेलले बताए । बेचबिखनमा परेका एक महिलालाई भारतको दिल्लीबाट उद्धार गरिएको छ । बेचबिखनमा परेका एक बालिकालाई यो वर्ष रानी नाकाबाट उद्धार गरेर मुद्दासमेत दायर गरिएको उनले बताए । सन् २०१० देखि हालसम्ममा रानी नाकाबाट १ हजार १ सय ६९ महिला तथा बालिकाको उद्धार गरेको उक्त संस्थाले तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त अवधिमा उक्त संस्थामा ५ सय ५१ महिला तथा बालिका हराएको उजुरी दर्ता भएकामध्ये ८३ जनालाई खोजी गरी अभिभावकको जिम्मा लगाइएको तथ्यांकमा उल्लेख छ । मोरङको इलाका प्रशासन कार्यालय उर्लाबारीमा राहदानी बनाउन आएका १ हजार ४ सय ३९ पुरुष र १ हजार ३५ महिलालाई वैदेशिक रोजगारीका बारे सचेतनामूलक शिक्षा दिएको पोखरेलले बताए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement