मंसिर काठमाडौं । सरकारी महिला कर्मचारीहरूले अबदेखि महिनावारी (पिरियड्स) बिदा पनि पाउने भएका छन्। महिला कर्मचारीहरूका लागि लुम्बिनी प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो।
लुम्बनी प्रदेश प्रमुख अमिक शेरचनले यही मंसिर २१ गते प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी ऐन प्रमाणीकरण गरेका छन्। प्रमाणीकरणपछि उक्त ऐन लागु भएको छ। यसअघि लुम्बनी प्रदेशसभाबाट भदौ २२ गते प्रदेश निजामती सेवा ऐन पास गरिएको थियो। ऐनको दफा ११७ मा कर्मचारीहरूले पाउने बिदा सम्बन्धमा व्याख्या गरेको छ। जसअनुसार अबदेखि महिला कर्मचारीले घर बिदा, महिनावारी (पिरियड्स) बिदा, बिरामी बिदा, प्रसूति बिदा, असाधारण बिदा पाउनेछन्।
एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्।
आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन्।
वैशाख २५,काठमाडौं ।वीरगञ्जमा दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई मानव...
वैशाख २५,काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्...
वैशाख २५,काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका...
वैशाख २५,काठमाडौं । महिलाहरू हरेक समयको रूपान्तरणको साक्षी भए पनि उनीहरूलाई अघि बढ्न अझै...
वैशाख २५,काठमाडौं । सिल्वर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको...
वैशाख २५,काठमाडौं । मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार...
वैशाख २५,काठमाडौं । लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न...
वैशाख २५,काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इ�...
वैशाख २५,काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा...