Advertisement
Advertisement
Advertisement
Advertisement

महिला सांसद भन्छन्–नागरिकता ऐन अझै लैंगिक विभेदपूर्ण छ

  |      15:29:00   |  
web image
web image

मंसिर १३, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका महिला सांसदहरुले संशोधन भएर आएको नागरिकता ऐन अझै लैंगिक विभेदपूर्ण रहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौँमा महिला, कानुन र विकास मञ्चले गरेको कार्यक्रममा बोल्दै प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशिला थिङले नागरिकता कानुन केही संशोधन भएर आएपनि महिलामाथिको विभेद कायमै रहेको बताइन् ।

उनले बाबु पत्ता नलागेको अवस्थामा सन्तानलाई नागरिकता दिन आमाले पति बेपत्ता भएको स्वघोषणा गर्नुपर्ने र पछि बाबु पत्ता लागेको अवस्थामा १ वर्ष जेल बस्नुपर्ने र जरिवाना हुने कानुनी व्यवस्था विभेदकारी रहेको बताइन् । 

सांसद श्रेष्ठले नागरिकता ऐन संशोधन भएपनि अझै एकल महिलाका सन्तानलाई नागरिकता दिन समस्या रहेको उनले बताइन् । यस्ता झमेला हटाउनका लागि नियमावली संशोधन वा कार्यविधि बनाउनुपर्ने उनले बताइन् ।  

लैंगिक विभेदपूर्ण नागरिकता कानुनको संशोधन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै एमाले सांसद विद्या भट्टराईले संविधानले समानताको अधिकार दिएपनि नागरिकता दिने कुरामा भने विभेद रहेको उल्लेख गरिन् । 

विदेशीसँग बिहे गरेको आधारमा, महिला भएको आधारमा नागरिकता विभेद रहेको उनको भनाई थियो । 

संविधानले नै मातृत्वलाई स्वीकार नगरेको बताउँदै वंशजको अधिकार कसलाई दिने भन्ने कुरामा संविधानमा अस्पष्टता रहेको बताइन् । उनले यस्ता विषयमा दुई तिहाइ बहुमतबाट संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताइन् । 

केही ऐन संशोधन गरेर जान सकिने व्यवस्थामा टेकेर संसद्ले नागरिकतामा रहेको विभेदलाई हटाउन सकिने अर्को उपाय रहेको उनको धारणा थियो । 

उनले भनिन,‘संविधानले नै आमालाई वंशजमाथिको अधिकार र सन्तानमाथिको अधिकारलाई कुण्ठित गरेको छ । विदेशीसँग बिहे गरेकी महिलाका श्रीमान् र तिनका सन्तानले नागरिकता पाउने विषयमा लैङ्गिक विभेद कायमै छ ।’ 

परिवार, समाजभित्र रहेको लैङ्गिक विभेदलाई राज्यले नै संस्थागत गर्ने काम गरेको बताउँदै सांसद भट्टराईले नागरिकता ऐनमा भएका अस्पष्टता हटाउन सांसदरू मिलेर संकल्प प्रस्ताव दर्ता गरेर जानुपर्ने बताइन् । यस्तै नागिरकता कानुनमा महिलासम्बन्धी विभेद हटाउन संसदमा महिला सांसदहरूको इकाई बनाउनुपर्छ भन्ने पक्षमा आफू रहेको पनि भट्टराईले बताइन्। 

कार्यक्रममा अधिवक्ता सुष्मा गौतमले २०८० जेठमा २०६३ को नागरिकता ऐन संशोधन गरेपनि संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको भनेपनि विदेशी पुरुषसँग बिहे गरेको अवस्थामा महिलाले नेपालमै बसोबास गरेका छोराछोरी र श्रीमानलाई नागरिकता दिने कुरामा विभेद रहेको बताइन् ।  

यस्तै तुलसा अमात्यले नागरिकता प्राप्तिमा आफूले भोगेको समस्या सुनाउँदै बाबुको पहिचान नभएका सन्तानलाई आमा र बाबुको नागरिकता चाहिने व्यवस्था हटाएर आमाको पहिचानको आधारमा मात्रै नागरिकता दिने  व्यवस्था हुनुपर्ने बताइन् ।  

नेपाली महिलाले विदेशीसँग बिहे गरेपनि नेपालमा बसेको अवस्थामा उनका सन्तानलाई नेपाली नागरिकता दिनुपर्नेमा उनले जोड दिइन् ।साभार रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement