भदौ ४, काठमाडौं ।पञ्चायत कालदेखि नै महिला अधिकारको क्षेत्रमा सक्रिय योगदान पुर्याएकी मुक्तमाया बास्तोलाको बुधबार काठमाडौंमा निधन भएको छ।
१९९३ सालमा खनार-४, सुनसरीमा जन्मिकी बास्तोला विवाहपछि इटहरी नगरपालिका-१२ मा रही राजनीति एवं सामाजिक कार्यमा सक्रिय रहिन्।
खनार-४ मा रहेको शारदा माविको स्थापना गर्न भूमि प्रदान गरेर विद्यालयको सञ्चालक समितिमार्फत शिक्षा क्षेत्रमा पनि उनले महत्वपूर्ण योगदान पुर्याएकी छन्।
बास्तोलाले २०३५ सालदेखि २०४६ सालसम्म खनार गाउँ पञ्चायतको महिला संगठनको निर्विरोध निर्वाचित महिला सभापतिका रूपमा सक्रिय भूमिका निभाइन्। नेपालमा बहुदलीय प्रजातन्त्र आएपछिका दिनहरूमा पनि उनले नेपाली महिलाको हक अधिकारको आन्दोलनमा आफूलाई निरन्तर सक्रिय तुल्याइन्।