भदौ ४,काठमाडौं । महिला हिंसा अभियोगमा काठमाडौं जिल्ला अदालतले माधव गुरागाईंलाई दोषी ठहर गरेको छ । साथै उनलाई अदालतले २० हजार रूपैयाँ जरिवानासमेत सुनाएको छ । यससँगै उनी अब सरकारी सेवाका लागि अयोग्य भएका छन् ।
काठमाडौंका जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले यसबारे फैसला गर्दै सुनसरीको धरान–१७ का गुरागाईंलाई महिला हिंसा मुद्दामा दोषी ठहर गरेको हो । ६ महिनाअघि यसबारे फैसला सुनाएको अदालतले त्यसको पूर्णपाठ भने भर्खंरै उपलब्ध गराएको हो ।