Advertisement
Advertisement
Advertisement
Advertisement

महिला र बालिकाको संवेदनशील अङ्गहरु छुने एक जना पक्राउ

  |      11:52:00   |  
web image
web image

असार १७, । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ ।

तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ । तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुव्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । “गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ”, उनले भने ।
अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए । 

तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन । तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । 

भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ । 

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement