जेठ ३१, काठमाडौं । (नागरिक ) - सीप सिकेका करिब ५सय महिलालाई सरकारले वैदिशिक राजगारको लागि निःशुःक जोर्डन पठाउने भएको छ ।
वैदेशिक रोजगार बोर्डले पाँच सय जना महिलालाई विभिन्न तालिम प्रदायक संथामाफत निःशुल्क तालिम प्रदान गरेर पठाउन लागेको हो।
असारको पहिलो साताबाट काठमाडौंका विभिन्न ९ स्थानमा उक्त महिलाहरुलाई तालिम प्रदान गरिने बोर्डको शाखा अधिकृत नरवहादुर चन्दलेजानकारी गराए ।
तालिममा सहभागि महिलाहरुलाई गार्मेन्ट मेशिन अपे्रटर तालिम दिइने चन्दले बताए । एक महिने यो तालिम लिएका महिलाहरुले सिलाए- कटाइ कामका लागि शुृल्क नतिरी जोर्डन पाउने जानकारी पनि बोर्डले दिएको छ । यो तालिम १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेका महिलालाई दिने भएको छ ।
तालिम लिन प्रयेक महिलाले राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले जनाएको छ । काठमाडौंको सितापाइलाबाट ६० जना, नख्खुबाट ६०, तीनकुनेबाट ६०, सानेपाबाट ६०, पोखराबाट ६०, टोखाबाट ८०, चक्रपथ र गोंगबुबाट १ सइ २० जना महिलाहरुलाई विभिन्न संथादारा तालिम दिइने भएको छ ।