भदौ २८, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन् । मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताएकी हुन् ।
उनले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वास समेत व्यक्त गरिन् । मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले संचालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरूलाई निर्देशन समेत दिइन् । मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन समेत दिइन् ।
कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनर हल र ८ वटा शौचालय रहेका छन । त्यस अवसरमा महिलाहरुको सिलाईकटाई तालिमको पनि शुभारम्भ गरिएको थियो । महिलाहरुलाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषदले जनाएको छ ।
वैशाख १७ काठमाडौं । बाँकेमा ९ वर्षीय बालक कुशल बुढाको हत्या घटनामा उनकै बाबु-आमाको...
वैशाख १७ काठमाडौं । कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा...
वैशाख १७ काठमाडौं । जिल्ला अदालतले दाङको घोराहीका मार्सल रोकालाई बलात्कार मुद्दामा दोषी...
वैशाख १७ काठमाडौं । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई...
वैशाख १६ काठमाडौं । पाल्पामा एक महिलाको शव फेला परेको छ। बगनासकाली गाउँपालिका ६ दुर्पक...
वैशाख १६ काठमाडौं । सुत्केरी व्यथा लागेकी हुम्ला, सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६...
वैशाख १६ काठमाडौं । मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ ।...
वैशाख १६ काठमाडौं । बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको...
वैशाख १६ काठमाडौं । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न...