Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको मृत्यु भएपछि मेडिकल अगाडि शव राखेर प्रदर्शन

  |      17:06:00   |  
web imege
web imege

भदौ २६, काठमाडौं । मोरङको लेटाङ तनावग्रस्त बनेको छ। एक जना महिलाको मृत्यु भएपछि उनको शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन्।

लेटाङ नगरपालिका–४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएपछि आफन्त र स्थानीय विरोध प्रदर्शनमा उत्रेपछि लेटाङ बजार क्षेत्रमा तनाव बढेको हो।

तामाङ बिरामी परेपछि उपचारका लागि भदौ २२ गते शुक्रबार लेटाङ–४ कै जनप्रिय मेडिकलमा पुगेकी थिइन्। मेडिकलमा सामान्य उपचारपछि औषधि लिएर पुनः तामाङ घर फर्किन्। तामाङ स्वास्थ्य अवस्था सुधार नआई झन् बिगिँदै गएपछि सोमबार दिउँसो ११ बजेतिर पुनः मेडिकलमा परिवारले लगेका थिए।

दिउँसो मेडिकल पुगेका उनीहरुलाई मेडिकलले उनको अवस्था खराब रहेको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान भनेर रेफर गरिदियो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार मेडिकल सोमबार रेफर गरेपछि सोही दिन विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएकी थिइन्।

उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर तामाङको मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘शुक्रबार जनप्रिय मेडिकलमा गएर औषधि लिएको र स्वास्थ्यमा सुधार नआएपछि पुनः सोमबार मेडिकल पुगेकी उनलाई थप सुविधा सम्पन्न अस्पताल रेफर गरेपछि विराटनगर ल्याइएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन र अवस्था थप तनावग्रस्त हुन नदिन पथरी, बेलबारी र विराटनगरबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement