Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको पोशाकको इज्जत बढाउन टोपीसँगै सारी दिवसको माग

  |      18:12:00   |  
web imege
web imege

पुस १७, काठमाडौं । टोपी दिवस मनाउन थालिएको १० वर्ष भएको छ । १ जनवरी २०१४ देखि मनाउन थालिएको यो दिवसमा संसारभरीका नेपालीले आ–आफ्नो समुदायले प्रयोग गर्ने टोपी लगाएर यो दिवस मनाउन थालेका छन् । केहि वर्ष अघिसम्म छिटफुट रुपमा मात्रै देखिने गरेकोमा पछिल्ला बर्षहरुमा यसले अभियानकै रुप लिन थालेको छ ।

यो अभियानको थालनी कर्ता मध्येका डा।लेखनाथ काफ्ले र शंकर बन्जाडे लेख्छन, ‘स्थापनाको पहिलो तीन वर्ष प्रचारप्रसार र यसको अवधारणा स्थापित गर्नमै लाग्यो । तर यहाँसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसकै रुपमा स्थापित भइसकेको छ ।’

तर, टोपी दिवस स्थापित हुनेक्रमसँगै महिलाको पोशाक माथिको सम्मानका लागि पनि नयाँ अभियान अगाडी बढ्नु पर्ने माग हुन थालेको छ । यसको एउटा रुप सारी दिवस हुन सक्ने आवाज उठन थालेको छ ।

अधिकारकर्मीहरुको तर्क छ महिलाको पोशाकको इज्जत बढाउन पनि यो अभियान जरुरी छ । उनीहरुका विचारमा समाजमा महिला पोशाकलाई हेपेर व्यवहार पनि गरिने भएकोले पनि यस्तो अभियान समानताको अभियान समेत बन्न पुग्ने छ । किनकी अहिले पनि कुनै पुरुषलाई होच्याउनु परेमा चुरापोते र सारी लगाउन सुझाव दिइन्छ ।

सामाजिक सञ्जालमा अधिकारकर्मी आरती चटौत लेख्छिन, टोपी दिवससँगै दिदी बहिनीको पोशाकको सम्मान गर्ने अभियान चलाउनु जरुरी छ । ‘राष्ट्रियताको कुरा आउनासाथ हाम्रोमा लैङ्गिक पहिचानलाई वेवास्ता गरिन्छ,’ चटौत भन्छिन, ‘परम्परागत रुपमा पनि महिलाको पोशाकलाई सम्मान बढाउन यो अभियान चाहिएको छ ।’

उनले आफनो फेसबुक स्टाटसमा लेखेकी छिन् ‘सारी हाम्रो सान, हाम्रो पहिचान ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement