Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको हत्या गरि जमिनमा गाड्ने युवक सार्वजनिक

  |      18:36:00   |  
web image
web image

मंसिर २७, मकवानपुर। महिलाको हत्या गरी जमीनमा गाड्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिकाको एक युवकले मादक पदार्थ सेवन गरी सामान्य विवादकै कारण महिलाको हत्या गरेर आफ्नो घर नजिकैको बारीमा गाडेका थिए ।​ मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै घटनामा सोही स्थानका ३३ वर्षीय रोज वाइबाको संलग्नता रहेको जनाएको हो । मंसिर १३ गतेदेखि बेपत्ता भएकी सोही स्थानकी ३५ वर्षीया सरस्वती वाइबाको शव शनिबार साँझ आधा शरीर गाडिएको अवस्थामा भेटिएको थियो ।

पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर १७ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । २४ गते मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्दै जाने क्रममा बेलुकाको ७ः३० बजेको समयमा सिस्नेरी ज्यामिरेस्थित रोज वाइबाको बारीमा अनुहार र कपडाको केही भागदेखि खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नयव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार निवेदन प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।

आइतबार जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिएको थियो । अभियोग लागेको रोज वाइबालाई शंका लागि नियन्त्रणमा लिइ अनुसन्धान गर्दा आफैंले मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको हो भनि स्वीकार गरेको उनले बताए ।

‘सामान्य भनाभनहुँदा हत्यासम्म भएको देखिन्छ । बाटोमा दुवै जनाको अचानक भेट हुँदा हत्यामा संलग्न रोजले महिलालाई प्रश्न गरेको र सोझो उत्तर नआएपछि कुटपिट गरेको अनुसन्धानमा देखिन्छ । कुटपिटको क्रममा महिला ढुंगामा ठोक्किन पुगेको उनले बयान दिएका छन्’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले भने, ‘हत्यामा संलग्न र मृतक महिला छिमेकी पनि हुन् ।’

अभियोग लागेका वाइबालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement