Advertisement
Advertisement
Advertisement
Advertisement

महिना दिन बित्न नपाउँदै तलब गायब नहुने नियमहरु

  |      12:47:00   |  
web image
web image

मंसिर १४, काठमाडौं ।घरव्यवहार चलाउन हरेक महिना मानिसहरु तलब पर्खिरहेका छन् । तर तलब हातमा आउने बित्तिकै हातबाट फुत्किन धेरै समय लाग्दैन ।

यो कुनै एक वा दुई व्यक्तिको भनाइ होइन, अधिकांशको यस्तै समस्या सुनिने गर्दछ । आवश्यकभन्दा बढी खर्च हुँदा बचत हुन सकिरहेको हुँदैन । यसको प्रमुख कारण कमजोर आर्थिक योजना नै हो । जसका कारण तपाईंले पैसा बचत गर्न सक्नुभएन।
हिसाबले खर्च गर्ने बानी बसाल्ने हो भने पक्कै बचत हुन थाल्दछ । हामी तपाईंलाई आजको यो वित्तीय श्रृंखलामा ५०- ३०- २० नियमको बारेमा बताउने प्रयास गरेका छौं । जसको माध्यमबाट तपाईंले आफ्नो आवश्यकता अनुसार मासिक बजेट बनाउन ध्यान दिनु हुनेछ ।

के हो ५०-३०-२० को नियम?

प्रत्येक व्यक्तिले वित्तीय योजना आवश्यक हुन्छ । वित्तीय योजनाका लागि मासिक बजेट बनाउनु आवश्यक छ ।यसका लागि ५०-३०- २० प्रतिशतको बजेट नियम पालना गर्नु जरुरि हुन्छ । यो नियमको सुरुवात सर्वप्रथम एलिजावेथ वारेनले गरिकी हुन् ।

यसको प्रयोग सीनेटर तथा टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिमा सामिल वारेनले गरेकि हुन् । यसको बारेमा उनले छोरीसँग मिलेर सन् २००६ मा किताब पनि लेखेकि छन् । यो नियम अनुसार उनले आफ्नो तलबलाई तीन वटा श्रेणीमा विभाजन गरिन् । ती हुन्, आवश्यकता, चाहना र बचत ।

सबैभन्दा पहिला ५० प्रतिशत बजेट सबैभन्दा बढी आवश्यकतामा खर्च गर्नुपर्दछ ।मासिक तलवको ५० प्रतिशकत रकम हाम्रा लागि नगरिकन नहुने बस्तु खरिद गर्न छुट्याउनु पर्दछ ।जसमा घरको रासन,भाडा, सामान खरिद, ईएमआई, स्वास्थ्य बीमाजस्ता आवश्यकताका सामानहरु पर्दछन् । त्यसपछि ३० प्रतिशत पारिवारिक चाहनामा खर्च गर्नुपर्दछ ।

तलबको ३० प्रतिशत रकम आफ्नो अनि परिवारका सदस्यहरुको चाहना अनुरुप खर्च गर्नुपर्दछ ।जसमा घुमघाम,सिनेमा,सपिङमा खर्च इत्यादिनमा गर्नु पर्दछ ।र अनि बाँकी रहेको २० प्रतिशतलाई बचत गर्नु पर्दछ । यस्तो रकमको उपभोग भविष्यमा रिटायरमेन्ट प्लान,केटाकेटीको उच्च शिक्षा तथा आकस्मिक फन्डको लागि गर्न प्रयोगमा ल्याउन सकिन्छ ।

माथिको बचतका नियम लागू गर्दै जाने हो यदि तपाईको मासिक तलब ५० हजार छ भने २० प्रतिशतले १० हजार मासिक रुपमा बचत हुन जान्छ । यो पैसा सुविधा अनुसार बचत तथा मुद्दती निक्षेपमा राख्न पनि सकिन्छ । अथवा भावी योजना पनि राख्न सकिन्छ । रिटायरमेन्ट फन्ड या म्युचुअल फन्डमा पनि राख्न सकिन्छ ।किनकि, यो योजनाको उपयोग भविष्यका लागि आवश्यक हुन्छ । यसले वृद्धावस्था तथा आकस्मिक योजनामा पनि सहयोग पुर्‍याउँछ । -एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement