फागुन २८, काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोलमा एक महिला मृत फेला परेकी छन् ।
गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन् ।
उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
घटनाको जानकारी पाउनासाथ प्रहरी वृत्त बालाजुबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । शवको मुचुल्का पछि पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।