असार २०, जनकपुरधाम । मधेश प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु भएको छ । असार २४ गतेभित्र बीमा गर्ने भन्दै द्रूत गतिमा काम गर्न प्रदेश सरकारले सबै पालिकासँग आग्रह गरेको छ ।
सुरुमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमार्फत सञ्चालन भएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अब सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको छ । मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयलाई यो जिम्मेवारी दिइएको छ ।