पुष १९, कैलाली । मजदुरीका लागि भारत पुगेका दम्पतीसहित एकै परिवारका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेश मेरठमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीनजनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ डबलबहादुर दियाकोटीले नेपाल प्रेसलाई बताए ।
भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला ९रेलमा प्रयोग हुने० बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको उनले बताए ।
बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए ।