मंसिर १४, काठमाडौं। मंगलबार जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत फेला परेकी छन्। प्रहरीले उनी रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मृत अवस्थामा फेला परेको जना हुन्।
सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।