Advertisement
Advertisement
Advertisement
Advertisement

भूकम्प र मिर्गौलाबाट पीडित महिला

  |      11:30:00   |  
भूकम्प र  मिर्गौलाबाट पीडित महिला

मंसिर २०, काठमाडौं । तीन वर्ष अघिमात्रै चार लाखभन्दा बढी खर्च गरेर बनाएको घर भूकम्पले चिराचिरा पारेपछि ३१ वर्षीय सन्दिपा पुनलाई राम्रोसँग न निन्द्रा लागेको छ, न ढुक्कले पेटभरि खान सकेकी छन् । नलगाड नगरपालिका–१, कलपटकी सन्दिपाको एउटा मिर्गौला छैन ।

एकातिर मिर्गौला पीडित, अर्कातिर दुःखका साथ बनाएको घर ध्वस्त भएको चिन्ताले उनी निकै कमजोर महसुस गर्दैछिन् । ‘जिन्दगीभरि यही घरमा बसौँला भनेर घर हाल्यौँ, भूकम्पले चिराचिरा बनाइदियो,’ बनाउँदै गरेको अस्थायी टहराको छेउमै बसेर टोलाइरहेकी उनले भनिन्, ‘श्रीमान् पनि घरमा हुनुहुन्न, हामी दुःखीलाई बाँच्न गाह्रो भयो !’

घरभित्र जान नमिल्ने गरी उनको घर चिराचिरा परेको थियो । अहिले स्वयंसेवकहरुले पन्छाई त्यही घरको काठ प्रयोग गरेर अरुकै गहुँबारीमा टहरा ठड्याइदिएका छन् । नेकपा माओवादी केन्द्र सुर्खेत जिल्लाको टोलीले उनको टहरा ठड्याइदिएको हो तर, जस्तापाता नहुँदा टहरा छानोबिहीन छ । जस्तापाता किन्ने पैसा नहुँदा त्रिपालबाट मुक्ति पाउन सकेकी छैनन् उनले ।

श्रीमान भविलाल रोजागारीका लागि दुबईमा छन् । गत साउनमा मात्रै ऋण गरेर विदेश गएका उनले ऋण नै तिर्न सकिरहेका थिएनन्, त्यसैमा भूकम्पले घरबारविहीन बनाइदियो ।

सन्दिपाको दुई छोराछोरी छन् । कक्षा ७ मा पढ्ने एक छोरा र ३ कक्षामा पढ्ने छोरी छिन् । श्रीमानले यसअघि पठाएको रकम ऋण तिर्न र घर खर्चमै सकियो । अब आउने बेला भयो । तर, उक्त रकमले भाका अनुसारको ऋण तिर्नमात्र पुग्ने उनको भनाइ छ ।

‘सरकारबाट अनुदान आउने सुनेकी छु, चाँडो आइदिए पनि टिन हालेर बस्न हुन्थ्यो,’ उनी भन्छिन्, ‘त्रिपालको बसाइ निकै कष्टकर भयो ।’

चार वर्ष अघि उनी बिरामी भएपछि श्रीमानले सरसापट गरी उपचार गर्न नेपालगन्ज लगे । तर, मिर्गौला फेल भएको र फाल्नका लागि दुई लाख खर्च लाग्छ भनेपछि उनीहरु त्यत्रो रकम कहाँबाट ल्याउने भन्ने चिन्तामा परे ।

त्यसपछि उनीहरुले काम गर्न भारत जाने र उतै कमाएर उपचार गर्ने निधो गरे । भारतको सिमलामा श्रीमान भविलालले मजदुरी गरे । त्यहीँबाट कमाई भएको ७० हजार भारुले उपचार गरेर फर्किएको उनले बताइन् । त्यसपछि उनीहरुले ऋण गरेर घर बनाए । काठदेखि ढुङ्गासम्म सबै किन्नुपर्ने । सबैगरी चार लाखभन्दा बढी रकम खर्च भयो ।
 

सबै ऋण तिर्न सकिएला कि भनेर ऋण मागेर नै श्रीमान साउन महिनामा विदेश जानु भएको हो,’ सन्दिपा भन्छिन्, ‘तर यही वर्ष यस्तो दुःख आइलाग्यो ।’

अप्रेसनपछि एउगा मिर्गौला गुमाएकी उनले त्यसपछि शारीरिक र मानसिक अवस्था अझै तन्दुरुस्त हुन नसकेको बताइन् । निराश हुँदै उनी भन्छिन्, ‘दिन काटेर खान गाह्रो भयो । भूकम्पले बिचल्ली पारिदियो ।’

कुनै एक संस्थाले उनलाई त्रिपाल दिएको रहेछ । त्यही त्रिपालको ओत लागेर छोराछोरीसँग उनी बस्छिन् । त्रिपालको बसाइ निकै गाह्रो भएको उनको भनाइ छ । ‘बिरामी हुन्छु कि भन्ने चिन्ताले सताइरहन्छ, घाउ दुखिरहन्छ । जब साँझ पर्छ, चिसो भएर अप्रेसन गरेको ठाउँमा निकै दुख्छ,’ उनले भनिन्, ‘केही काम गर्न सकिन्न । दुखेर हिँड्न पनि सकिन्न ।’

श्रीमान भविलालले फोन गरेर बेला बेला उनलाई सम्झाइरहन्छन् । सरकारले अस्थायी आवासका लागि ५० हजार रकम अनुदान दिने भनेपछि अहिलेसम्म सन्दिपाले पहिलो किस्ता पनि पाउन सकिरहेको छैनन् ।साभार रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement