Advertisement
Advertisement
Advertisement
Advertisement

भारतमा उद्धार गरिएका १२ जना महिलालाई भोलि नेपाल ल्याइने

  |      16:28:00   |  
भारतमा उद्धार गरिएका १२ जना महिलालाई भोलि नेपाल ल्याइने

चैत २०, ललितपुर । भारतको नयाँदिल्लीमा गएको शनिबार उद्धार गरिएका १२ जना नेपाली महिलालाई भोलि बिहीबार नेपाल ल्याइने भएको छ ।इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा उनीहरुलाई बन्धक बनाएर राखिएको थियो ।

 

 

 

वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई कोठा भाडामा लिएर बन्धक बनाएर राखेको जनाइएको छ ।उद्दार गरिएकामध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो ।दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राती छापामारेर उनीहरुको उद्धार गरेको थियो ।

 

 

 

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिइएको बताइएको छ ।केआइ नेपालका निर्देशक इन्द्रराज भट्टराइका अनुसार उनीहरुले दलाललाई पासपोर्ट र बीसहजारदेखि दुईलाखसम्म नगद बुझाएका छन् ।उद्धार गरिएका महिलाहरुको घर झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठानमा रहेको छ । उनका अनुसार उद्धार गरिएका महिला २२ देखि ४२ उमेरका छन् ।

 

 

निर्देशक भट्टराईका अनुसार उद्धार गरिएका महिलाहरुलाई नेपाल फर्काउन आवश्यक कानून प्रकृया पुरा भएकोले भोलि बिहीबार नेपाल ल्याउने तयारी गरिएको हो ।

स्रोत ःमहिला खबर
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement