पुस १०, काठमाडौं । भारतमा पछिल्लो समय नयाँ भेरियन्ट कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। कोरोनाको संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप तीनजनाको मृत्यु भएको र ११६ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार ४ हजार कोरोना संक्रमितको पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३ जना कोरोनामुक्त भएका छन्। यो अवधिमा कोरोनाको नयाँ भेरियन्ट JN.1 को बिरामी भने फेला परेका छैनन्। तर, भारतमा नयाँ भेरियन्ट JN.1 तीव्र रुपमा फैलिरहेको बताइएको छ।
हिजोको तथ्यांक अनुसार हाल देशमा नयाा भेरियन्ट JN.1का बिरामीको संख्या ६६ रहेको छ।