Advertisement
Advertisement
Advertisement
Advertisement

भारतको गुजरातमा झोलुङ्गे पुल खस्दा १४१ जनाको मृत्यु

  |      12:22:00   |  
web image
web image

कात्तीक १४, काठमाडौं। भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। 

मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। 

भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। 

विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। 

अधिकारीहरूका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ।

र्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो।

२३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो। 

स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो। 

आइतबार साँझ ६;४० तिर उक्त दुर्घटना भएको थियो। 

'बालबालिका धेरैु'
एकजना प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई बताए अनुसार पुल खस्दा त्यहाँ धेरै बालबालिकाहरू थिए। 

प्रतीक वसावा समेत त्यसबेला पुलमा हुनेमध्येका हुन्। 

उनले दुर्घटनापछि आफू कसरी पौडी खेलेर नदी किनारसम्म पुगे भन्ने कुरा एक गुजराती टेलिभिजनलाई बताएका छन्। 

कैयौँ बालबालिका नदीमा खसेको बताउँदै उनले थपे; 'मैले केहीलाई आफूसँगै तान्न खोजेको थिएँ तर उनीहरू डुबिसकेका वा बगिसकेका थिए।'

'भिड'
भिडिओहरूमा देखिए अनुसार साँझ गहिरिँदै जाँदा नदीमा फसेकाहरूको उद्धार प्रयासमा किनारामा मानिसहरूको भिड लागेको थियो। 

अर्को एउटा भिडिओमा पानीमा लत्रिरहेको पुलका भग्नावशेषमा चढ्दै मानिसहरू फसेका मानिसहरू पानीबाट निस्कन खोजेका देखिन्थे। 

आसपासका जिल्लाहरूबाट पठाइएका आपत्कालिन उद्धारकर्ताहरूले रातभर काम गरेका छन्। 

पुल खस्ने अवस्था के कारण सिर्जना भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन। 

तर स्थानीय अधिकारीहरूले दीपावलीको छुट्टीले गर्दा त्यहाँ निकै धेरै मानिसहरू जम्मा भएको बताएका छन्। 

सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा दिउसैदेखि त्यहाँ पैद लयात्रीको उच्च भिड देखिन्थ्यो।

'स्तव्ध'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू उक्त "दुस्खद् घटनाबाट स्तब्धू" बनेको बताएका छन्। 

उनी आफ्नो गृहराज्य गुजरातको तीनदिने भ्रमणमा छन्। 

उनले घाइते र मृतकका परिवारका लागि क्षतिपूर्ति घोषणा गरेका छन्। 

बीबीसी हिन्दीका अनुसार गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख रूपैयाँ र घाइतेका लागि ५० हजार रूपैयाँ दिइने घोषणा गरेका छन् । 

स्रोत;बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement