मंसिर २५,काठमाडौं । भारतकी एक २६ वर्षीया डाक्टरले प्रमीले दाइजो मागे पछि आत्महत्या गरेकी छिन्।
मृतक दक्षिण भारतको तिरुवनंतपुरमकी रहेकी छिन्। उनको मृत्युपछि प्रदेश स्वास्थ्य मन्त्री वीना जर्जले महिला तथा बाल विभागलाई छानविनका लागि निर्देशन दिएकी छिन्।
शहाना नामकी उनी तिरुवनंतपुरम मेडिकल कलेजको सर्जरी विभाग अन्तर्गत पीजी गरिरहेकी थिइन्। उनी सोही कलेजमा रहेका एक चिकित्सकसँग प्रेम गर्थिन् । तरुण नामका ती चिकित्सकले विवाहका लागि सुन, जमिन र बीएमडब्ल्यु कार मागेका थिए।सो दाइजो केटीको परिवार उ दिन असमर्थ थियो ।
विवाह अस्वीकार भएको थियो। त्यसपछि ती डाक्टरले आत्महत्या गरेकी हुन्।