कार्तिक २०, काठमाडौं ।यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान१०:५१ बजे परेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे बताएका हुन् ।
हिन्दु धर्माबलम्बीमा यो दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।