काभ्रे । बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको छ ।
प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान
ममी ९लक्ष्मी नेपाली० त्यस दिन ९मंगलबार० गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो । म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ । त्यहीबीचमा भाइ धेरै रोयो । सायद आमाको दूध खान खोजेको थियो । त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ । त्यतिवेला सायद चार बजेको थियो होला ।
ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ । मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो । किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो । त्यस्तै, करिब ५ बजेको हुनुपर्छ । मेरो स्कुलमा सामाजिक विषय पढाउने सर ९हीरा लामा० र उहाँको आमा ९काइलीमाया तामाङ० मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन् ।
हामी आफ्नै बाटोतिर थियौँ । तर, बाटो रोकेर सरकी आमाले बोक्सी, राँऽऽ, रऽऽ‘ भन्दै मेरो ममीलाई लखेट्न खोज्नुभयो । तर, ममी भाग्नुभएन । त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे । त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ ।
स्कुलको मैदानमा भलिबलको पोल छ । त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो । तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो । त्यसैले उहाँ एकैछिन रोकिनुभयो । त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए । छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन् । नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो । त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन । पछि त दिसा लिएर आउनुभयो । सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन । त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए ।
त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे । केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ । पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो । चिरपटले ममीको टाउकोमा हान्नु भयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो ।
गाउँमा हल्ला भइसकेछ । मेरो हजुरआमा ९विष्णुमाया नेपाली० पनि बाटोमै आइपुग्नुभयो । उहाँ ६० वर्षको हुनुहुन्छ । मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो । मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ । उहाँ ममाथि पनि झम्टनुभयो । त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो । तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । पछि म र मेरो अंकल ९दिनेश नेपाली० मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्यायौँ।
बेलुकी घर गयौँ । अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो । बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ । त्यो दिन अस्पताल जाने कुरा भयो । तर, ढिलो भएकोले जान सकिएन । धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो । बिहीबार बिहान ममी उठ्न सक्नुभएन । त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ । घरमा ममीलाई औषधि दिँदै थियौँ । आँगनमा पुलिस आइपुग्यो । पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो । गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो । मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए ।
बेलुका बुबा र म सँगै सुत्यौँ । ममी नजिकैको टहरामा सुत्नुभयो । बिहान हजुरआमाले मलाई उठाउनुभयो । तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो । म टहरामा पुग्दा ममी ओछ्याननजिकै भुइँमा ढलिरहनुभएको थियो । मैले बोलाउँदा बोल्नुभएन । अलिअलि सास फेरिरहनुभएको थियो । मैले पानी खुवाएँ । आमाआमा भनेर बोलाएँ । उहाँ बोल्नुभएन । म चिच्याएको सुनेर गाउँलेहरु जम्मा भए । गाउँलेहरुले पुलिसलाई खबर गरे । सबैजना जम्मा भएका थिए, त्यतिन्जेलसम्म मेरी ममीको मृत्यु भइसकेको थियो । मैले हिरा सरलाई देखाएर पुलिसलाई भनेँ, ‘मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो ।’ मैले घटना सुनाएपछि हिरा सर भाग्न खोजे । तर, पुलिसले उनलाई पक्राउ गर्यो । पुलिस अंकलहरुले बोलाएको हुनाले म शुक्रबार धुलिखेल आएको हुँ । तर, सँगै मेरो बुबालाई पनि भित्र थुनेर राखेको छ । किन थुनेको मलाई थाहा छैन । नयाँ पत्रिकाबाट साभार
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...
चैत १८ काठमाडौं । जलेश्वरमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर...