पुष ८, बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन अभियुक्तहरू सार्वजनिक गरेको हो।
बिष्टको हत्यामा जोडिएको विषयलाई लिएर विका पूर्वचौंडी नगरपालिका ३ नवादेउ घरको वरिष्ट प्रजा बहादुर बोहरालाई सार्वजनिक गरिएको हो । कृष्ण माविमै कंप्यूटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नातामा श्रीमान्–श्रीमती हुन् । १ पुसमा राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विमलालाई अभद्र व्यवहार गरेको झोँकमा श्रीमान् प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भानाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनी बाहिर निस्केकी र ढिलो गरेपछि प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छातीमा हानेर हत्या गरे ।
हत्यापछि शिक्षकको शव दुवैजना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ । अभियुक्त शीर्ष अधिक विकास भइरहेको डिएसपी शाहीले । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
शिक्षक बिष्टको शव २ पुस दिउँसो १ बजे फेलापरेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीसमेत बैतडी आएको थियो ।