असोज ३०, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्।
भारतको लेकसोर अस्पतालका डा शिल्भा कुमार नागानाथमको सहयोगमा शुक्रबार भएको शल्यक्रियामा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टोली थियो। केन्द्रमा शुक्रबार भएको प्रत्यारोपणसहित कुल १४ जनाको कलेजो प्रत्यारोपण भएको छ।
केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो ।
अहिले केन्द्रमा कलेजो प्रत्यारोपण कम्तीमा १५ लाखमा रुपैयाँमा हुने गरेको छ।