Advertisement
Advertisement
Advertisement
Advertisement

बालिकालाई भारतमा लगेर बेच्ने नौ वर्षपछि पक्राउ

  |      16:45:00   |  
बालिकालाई भारतमा लगेर बेच्ने नौ वर्षपछि पक्राउ

नुवाकोट । जिल्लाको घ्याङफेदीकी एक बालिकालाई भारतमा लगेर बेचेको आरोपमा नौ वर्षपछि दुप्चेश्वर–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितको किटानी जाहेरीपछि तामाङलाई दुई दिनअघि आफ्नै घरबाट प्रहरीले पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । 

काठमाडौँ काममा लगाइदिने भन्दै तामाङले २०६५ साल वैशाखमा सोही स्थान निवासी ११ वर्षीय ती बालिकालाई बिक्री गरेको थियो । ती बालिका हाल नेप्लिज होम संस्थाको संरक्षणमा कक्षा १० मा अध्ययनरत रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देबबहादुर बोहराले बताए । 

पीडित बालिकाले गत असार १६ गते किटानी उजुरीपछि प्रहरीले तामाङलाई कारबाहीका लागि जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धानका लागि थप म्याद मागेकामा दायरगरेकामा अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता तथा प्रहरी नाायब उपरीक्षक ऋषिराज कँडेलले बताए । 

आरोपी मानबहादुरले एक दिन काठमाडौँ होटलमा राखी भोलिपल्ट बस चढाएर मनकामना दर्शन गराएको र त्यसपछि एक अपरिचित महिलाको साथमा काँकडाभित्ता नाका हुँदै कलकत्ता पुर्‍याएर हल्दियाको कोठीमा बेची फरार भएको पीडित किशोरीले बताइन् । 

बेचिदा ११ वर्षकी ती बालिका हाल २० वर्षकी भइन् । उनी २०६७ सालमा नेपाल फर्किएकी हुन् । कलकत्ताको कोठीमा भारतीय प्रहरी र इन्टरनेशनल जस्टिक मिसन नामक संस्थाले छापा मारी नेपाल फर्काए पनि कलिलो उमेरमा बोल्न र घटनाबारे भन्न डराएका कारण ६ वर्षपछिमात्र उजुरी दिएको उनले जानकारी दिइन । 

सोही घटनामा संलग्न मानबहादुरकी श्रीमती ४१ वर्षीया मेन्दो तामाङ, दुप्चेश्वर गाउँपालिका– १ घ्याङफेदीका प्रेमबहादुर तामाङ र घ्याङफेदीकै नाम नखुलेका अन्य दुईजना फरार रहेको जिल्ला प्रहरी प्रमुख बोहराले बताए । 

प्रहरीका अनुसार केही समय अगाडि सोही स्थानबाट २२ वर्षीया सुनुमाया तामाङ र सानुमाया तामाङ हराइरहेको र उक्त घटनाको अनुसनधान गर्दा पुरानोे घटनाका दोषी मानबहादुर फेला परेका हुन् । रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement