Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह विरुद्ध घरदैलो अभियान

  |      15:16:00   |  
बालविवाह विरुद्ध घरदैलो अभियान

बैतडी । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ । 

नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् ।

वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेको स्थानीय लालबहादुर भण्डारीले जानकारी दिए । 

नवनिर्वाचित जनप्रतिनिधिले घरघरमा गएर २० वर्षपछि मात्रै विवाह गर्न सल्लाह दिने गरेको उनले बताए । 

यसका साथै आआफ्नो टोलमा सरसफाइ राख्नका लागि जनप्रतिनिधिले आग्रह गरेका छन् । नमूना वडा बनाउनका लागि बालविवाह एक समस्याका रुपमा देखा परेकाले अभियान सञ्चालन गरिएको वडा नं १ का वडा अध्यक्ष गडालले जानकारी दिए ।

जनप्रतिनिधिले थालेको अभियानले बालविवाह अन्त्यका लागि सहयोग गर्ने हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले बताए ।

पुरचौडी नगरपालिकाको हाटलाई स्वास्थ्यको नमूना वडा बनाउने अभियान यसअघि नै शुरु भइसकेकाले सो अभियानलाई यसले टेवा पुग्ने उनले बताए । 

पुर्चौडी–४ लाई नमूना वडा बनाइने बैतडीको पुर्चौडी नगरपालिका–४ मा मदिराको अवैध कारोबार गर्ने तथा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई कारबाही गर्ने निर्णय भएको छ । 

सोमबार वडाध्यक्ष गौतमप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले वडामा मदिराको कारोबारलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । वडामा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई रु तीन हजार जरिवाना गर्ने निर्णय भएको छ भने सार्वजनिक पद धारण गरेका व्यक्तिले मदिरा सेवन गरी होहल्ला गरेमा रु सात हजार जरिवाना गर्ने निर्णय भएको उनले बताए  । 

यस्तै, मदिराको अवैध कारोबार गरेको पाइएमा रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गर्ने निर्णय भएको छ । यसैगरी जुवातास खेल्ने र खेलाउनेलाई रु ५०० देखि दुई हजारसम्म जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भट्टले जानकारी दिए । 

वडा नं ४ लाई बालविवाहमुक्त वडा, घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गरेर नमूना वडा बनाइने निर्णयसमेत भएको छ । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement