Advertisement
Advertisement
Advertisement
Advertisement

बालमैत्री स्थानीय तहका लागि पालिका उपाध्यक्षहरूको लिखित प्रतिबद्धता

  |      12:54:00   |  
web image
web image

जेठ ४, काठमाडौं । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले बालमैत्री स्थानीय तह निर्माणका लागि लिखित प्रतिबद्धता जनाएका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सिरिजंगाबाहेकका सबै स्थानीय तहका उपप्रमुखले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला समन्वय समिति ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा बालबालिकासम्बन्धी ऐन, २०७५ को व्यवस्थाअनुसार बालबालिकासम्बन्धी कार्यविधिको तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । प्रत्येक स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था गर्ने, स्थानीय बालअधिकार समितिको गठन गर्ने, बालकोषको स्थापना र सञ्चालन गर्ने, बाल मनोविज्ञ र समाजसेवीको नाम सूचीकृत गर्ने उल्लेख छ ।

बाल क्लबको गठन र सञ्जालको व्यवस्था गरी बाल सहभागितालाई परिवारदेखि स्थानीय तहसम्म सुनिश्चित गर्ने, बालबालिकासम्बन्धी सूचना व्यवस्थापन तथा प्रभावकारी बनाई वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने, बाल अधिकार सुनिश्चितताका लागि बालबालिकासँग सरोकार राख्ने निकायसँग समन्वय, सहकार्य र साझेदारी बढाउने पनि उल्लेख छ ।

प्रतिबद्धतापत्रमा फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, सिदिङवा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया, पाथीभरा याङवरकका रनमाया गुरुङ, फक्ताङलुङका विकास साम्रा, मिक्वाखोलाका डन्डु शेर्पा र मेरिङदेन गाउँपालिकाका दुर्गाप्रसाद श्रेङचोङवाङले हस्ताक्षर गरेका छन् । यस्तै मैवाखोलाका कमलकुमारी लिम्बू र आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ता आङवोहाङले पनि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्रकुमार लिम्बू भने कार्यक्रममा सहभागी भएनन् ।

जिल्ला समन्वय समिति, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, राष्ट्रिय बालअधिकार परिषद्, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, मानव अधिकार मञ्च नेपाल इलाम र वातावरण संरक्षण तथा विकास मञ्चले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement