Advertisement
Advertisement
Advertisement
Advertisement

बाजुरामा वैशाखयता मात्रै ५ बालबालिकाको कुपोषणले मृत्यु

  |      15:27:00   |  
Web Image
Web Image

मंसिर २९, बाजुरा । कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोट गाउँमा वैशाखयता मात्रै ५ बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्यकर्मी जानकी न्यौपाने ती बालबालिकाको मृत्यु हुनुमा कुपोषण मुख्य कारण रहेको बताउँछिन् । स्थानीय जानकी विकको तीन वर्षको छोरा टीका बिक, शान्ति विकको ४ वर्षको छोरा प्रकाश विक, मदन विककी १२ दिनकी छोरी, मुना विकको १३ दिनको छोरा र बाटुली विकको २१ दिनको छोराको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । बच्चा मात्र होइन आमाहरु पनि कुपोषयणबाट ग्रस्त छन


मुक्तिकोटको आधारभुक्त स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी कुपोषणका कारण मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्छ । प्रत्येक वर्ष बालबालिकाको मृत्यु भइरहँदा पनि राज्यको ध्यान भने जान सकेको छैन ।

गतवर्ष विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३०८ परिवारमा कुपोषणको दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो । स्वास्थ्यकर्मी टोली गाउँ पुगेर चेकजाँच गर्दा ३४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाइएको हो ।

 

२४३ जना सुत्केरी आमामध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पाइएको गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाही बताउँछन् । त्यस्तै १० देखि १४ वर्षसम्मका किशोर र किशोरीलाई जाँचगर्दा १२ जना अतिकुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन् । १५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत बालबालिका कुपोषित छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बालमृत्यु दर, परिवार नियोजन को साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बजेट चाहिँ मन्दिर र पदमार्गमा

मुक्तिकोटमा कुपोषणले वर्षेनी बालबालिकाको मृत्यु भइरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले कुपोषण न्युनीकरण गर्न आर्थिक वर्ष ०७९र०८० का लागि बजेट छुट्याएको छैन ।

तर प्रदेश सरकारले बाजुरामा मात्र मन्दिर र पदमार्गका नाममा करोडौं बजेट छुट्याएको पाइएको छ ।

जिल्लाभरि मन्दिर र पदमार्गका २५ योजनामा २ करोड १७ लाख विनियोजन गरेको पाइएएको छ । १३ वटा मन्दिर निर्माणका लागि मात्र १ करोड रुपैयाँ छट्याइएको छ ।

नागरिक अगुवा लक्ष्मीराज पाध्याले कुपोषण न्युनीकरणका लागि बजेट नछुट्याउने सरकारले मन्दिरका लागि बजेट छुट्याउनु गलत भएको बताउँछन् । ‘मुक्तिकोट गाउँमा कुपोषणको भयावह अवस्था छ, राज्यभने बेखबर छ’ उनी भन्छन् ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेशभर २९४ मन्दिर बनाउन २३ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको गरेको छ । अभाब र गरिबिको चपेटामा परेको मुक्तिकोट क्षेत्रमा भने बजेट परेको छैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement