मंसिर १८, काठमाडौं। काठमाडौंले अपराजित रहँदै प्रधानमन्त्री कप बागमती प्रदेश महिला छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले हराउदै काठमाडौं च्याम्पियन बनेको हो ।
ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १३ रन बनाइन् । ललितपुरका लागि यशु पाण्डे र सविका कुमारी यादवले समान दुई विकेट लिए । कप्तान सोनी पाख्रिनले एक विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५४ रन बनाएको थियो ।
ललितपुरका लागि सविकाकुमारी यादवले १४ तथा यशु पाण्डेले १३ रन बनाए ।
काठमाडौंका लागि विपिशा शाहीले ९ रन मात्र खर्चेर ३ विकेट लिइन् । यस्तै खुसी डंगोलले पनि ३ विकेट लिँदा ११ रन खर्चिइन् । विपिशा शाही फाइनल खेलको प्लेअर अफ दि म्याच भइन् ।
काठमाडौं लिग चरणमा ललितपुर, भक्तपुर र चितवनलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
काठमाडौंकी खुसी डंगोल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी तथा उत्कृष्ट बलर घोषित भइन् । यस्तै काठमाडौंकै अस्मिता खरेल उत्कृष्ट ब्याटर बनिन् ।
गौतम बुद्ध क्रिकेट मैदान र मूलपानी मैदान मंसिर २० देखि २५ गतेसम्म बागमती ग्रीन, बागमती रेड र बागमती ब्लु गरी तीन टिम सहभागी बागमती वुमन्स इलाइट ट्रफी आयोजना हुनेछ ।
यस प्रतियोगितापछि प्रधानमन्त्री कपका लागि बागमतीको टोली घोषणा हुनेछ । त्यसपछि मंसिर २७ देखि २९ गतेसम्म बागमतीले एपीएफसँग दुईपक्षिय सिरिज खेल्नेछ । प्रधानमन्त्री कप महिला क्रिकेट पुस १ देखि सुरु हुनेछ । साभार अनलाइनखबर
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...