Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार पिडितले मुद्दा हाल्दा दोषीले बैंकिङ कसुरमा पिडितविरुद्ध दिए उजुरी

  |      18:32:00   |  
web image
web image

फागुन ८, काठमाडौं । आफ्नो कार्यालयमा व्यवस्थापकका रूपमा कार्यरत युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालत कास्कीले दोषी ठहर गरेका हेमन पुनलाई उच्च अदालत पोखराले सफाइ दिएको छ।

 

पीडित भनिएकी युवतीलाई हेमनले दिएको बैंकिङ कसुरको मुद्दामा दोषी ठहर गरेको छ। उनलाई एक महिना कैद सजाय र ४७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ।

 

आफूमाथि जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) भएको भनेर पुनविरूद्ध युवतीले जाहेरी दिएपछि पुनले युवतीविरूद्ध बैंकिङ कसुरमा ४७ लाख रुपैयाँको बिगोसहित उजुरी दिएका थिए।

घटना अनुसन्धानको क्रममा प्रहरीले युवतीको परिवर्तित नाम  ‘मर्स्याङ्दीु राखेको छ।

 

पोखराको बगरस्थित ‘इन्स्पायर इन्टरनेसनल’ नामको कम्पनीका सञ्चालक पुनमाथि व्यवस्थापक मर्स्याङ्दीलाई कोभिड–१९ को महामारीका बेला कार्यालयभित्रै बलात्कारको प्रयास गरेको अभियोग थियो।

जिल्ला अदालतले दोषी ठहर गरेपछि  पुनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। 

 

बलात्कार प्रयास र बैंकिङ कसुरको मुद्दा एकैसाथ राखेर उच्च अदालतका कायममुकाय मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश उज्वल शुक्लाको संयुक्त इजलासले फैसला गरेको हो।

 

केही दिनअघि भएका ती फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन। पूर्णपाठ आएपछि मात्र के आधारमा अदालतले यस्तो फैसला गर्‍यो भन्ने थाहा हुन्छ। उच्च अदालतको यस्तो फैसला आएकै दिन पुन कारागारमुक्त भएका छन्।

 

उक्त फैसला चित्त नबुझे सर्वोच्च अदालतमा अपिल गर्न पाउने उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले बताए।

पीडित मर्स्याङ्दीले भने उच्च अदालतको फैसलामा आफूले पेश गरेको प्रमाण सुनुवाइ नभएको गुनासो गरिन्। 

‘अदालतमा हामीले पेश गरेको प्रमाणको सुनुवाइ नै भएन,’ उनले भनिन्, ‘अदालतबाट यस्तो फैसला आउला भनेर सोचेकी पनि थिइनँ।’

बलात्कार प्रयास गरेको सम्बन्धी उजुरी लिएर प्रहरीमा गएपछि  पुनले आफूलाई रोक्न बैंकिङ कसुरमा फसाइदिने धम्की दिएको बताउँछिन्। आफूले हस्ताक्षर गरेर छोडेका चेक पुनले भेटेपछि त्यस्तो धम्की दिएको उनको भनाइ छ।

 

‘बलात्कार प्रयास भएपछि बारम्बार फोन गरेर प्रहरीकहाँ नजानू भनेका थिए। मैले न्याय पाउनुपर्छ भनेर जाहेरी दिने निर्णय गरेँ,’ मर्स्याङ्दीले भनिन्, ‘तैंले हस्ताक्षर गरेर छोडेको चेक यहाँ छ बैंकिङ कसुरमा फसाउन सक्छु भन्दै धम्की दिएको थियो। अदालतले मैले दिएका प्रमाणै नहेरी उल्टै मलाई दोषी ठहर्यायो।’

 

आफ्नो टेबलको घर्रामा हस्ताक्षर गरेर राखेका खाली चेकका माध्यमबाट फसाइदिने धम्की दिएको अडिओ रेकर्ड अदालतमा बुझाएको मर्स्याङ्दीले बताइन्।

 

उनले भनेका छन्,  ‘किटानी जाहेरी दिनुहुन्छ भने मसँग पनि तपाईंले लेखेको चेक छ, ब्ल्यांक चेक छ, साइन भएको। लुटेको भन्ने जाला। मिलौँ भन्नुहुन्छ भने म एकदम तयार छु। भोलि मुद्दा कहाँसम्म पुग्छ। मेरो ज्यान मुद्दा पनि हुन्छ। मिलेर जाम, म तयार छु। म प्रहरीकै निगरानीमा छु। मिल्छ भने मनिपाल अस्पताल आउनुस्।’

 

हस्ताक्षर गरेर आफूले कार्यालयमा राखेको चेक पुनले दुरूपयोग गर्ने धम्की दिएपछि आफ्नो बैंक खाता रोक्का राख्न निवेदन दिएको मर्स्याङ्दीले बताइन्। निवेदनमा बैंकले सुनुवाइ नगरेको उनको आरोप छ।

 

हस्ताक्षर गरेर राखेको चेक दुरूपयोग हुने देखिएपछि मर्स्याङ्दीले जिल्ला प्रहरी कार्यालयमा ‘आपराधिक विश्वासघात’ को उजुरी दिएकी थिइन्।

 

बलात्कार प्रयासपछि आफू कार्यालय जान नसकेको, कार्यालयको टेबल र घर्रामा रहेका निजी सामग्री ल्याउन नपाएको उनले बताइन्।  ती सामाग्री उपलब्ध गराइपाऊँ भनेर पनि उनले प्रहरीमा निवेदन दिएकी थिइन्।

 

बलात्कार प्रयाससम्बन्धी मुद्दा दिएपछि पुनले रिसइबी साँध्न आफूले कार्यालयमा राखेको खाली चेक दुरूपयोग गर्न लागेको भन्ने कुरा उनको निवदेनमा उल्लेख थियो।  

 

आफूले मर्स्याङ्दीलाई ५५ लाख रुपैयाँ दिएको र त्यही नगद फिर्ता गर्न मर्स्याङ्दीले चेकमा हस्ताक्षर गरेको तर उनको बैंकमा पैसा नभएको आरोप पुनको थियो। त्यत्रो नगद दिएको प्रमाण भने आफूसँग नरहेको कुरा पुनले निवेदनमा उल्लेख गरेका छन्।

 

मर्स्याङ्दीले ठूलो प्रोजेक्टमा लगानी गर्ने, त्यसबाट ७५ प्रतिशतसम्म मुनाफा हुने र त्यसमा अंशियारी दिने भनेर आफूबाट पैसा लगेको पुनको जाहेरीमा उल्लेख गरिएको छ।

 

पुनका विरूद्ध आफूसँग भएका प्रमाण नहेरेकोमा अदालतसँग आफूलाई चित्त दुखेको मर्स्याङ्दीको गुनासो छ। आफ्नो र परिवारको सम्पत्ति अनुसन्धान गरेको भए पैसा लिएको नलिएको थाहा हुने उनको भनाइ छ।

 

‘बलात्कार सहनु हुँदैन, यसका विरूद्ध लड्नुपर्छ भन्ने बुझेकी थिएँ। यहाँ त पीडितलाई नै पीडा दिने अनेक प्रपञ्च हुँदो रहेछ,’ उनी भन्छिन्, ‘मैले मात्र होइन, मेरो परिवारले पनि अहिलेसम्म त्यति ठूलो रकम ९५५ लाख० को कारोबार गरेको छैन। अदालतले छानबिन गरोस्।’

 

बैंकिङ कसुर मुद्दामा थुनछेक बहसपछि मर्स्याङ्दीलाई उच्च अदालतले २०७८ पुस २६ गते ४७ लाख रुपैयाँ बराबरको धरौटी राख्न आदेश दिएको थियो।

 

धरौटी राख्न नसक्ने भएपछि उनी कारागार चलान भइन्। कारागार बसेको २८ दिनपछि परिवारले घरबारी, मिल लगायत पैत्तृक सम्पत्ति जमानत राखेपछि आफू कारागारमुक्त भएको उनले बताइन्।

 

अहिले उच्च अदालतले फेरि बैंकिङ कसुरमा दोषी ठहर गरेपछि पैत्तृक सम्पत्ति सकिने अवस्था आएको छ।

 

अदालतको फैसलापछि परिवारमा चिन्ता बढेको छ। सबैभन्दा चिन्तित उनका बुवा छन्।

 

‘ममाथि यस्तो घटना भएपछि सबभन्दा बढी चिन्ता बुवालाई छ। उहाँको प्रेसर एक्कासि बढ्ने र घट्ने भइरहेको छ,’ उनले भनिन्, ‘ममाथि यति ठूलो अन्याय देख्न नसकेर बुवा दुईपटक ढलिसक्नुभयो।’

आमाले छोरीले पनि कुनै अस्वाभाविक निर्णय गर्ने हुन् कि भन्ने लागिरहने बताइन्। 

 

‘धेरै दुःख गरेर छोराछोरी हुर्कायौँ। पढेर सुख पाऊलान् भनेर छोराछोरी पोखरामा राखेका थियौँँ,’ आमाले भनिन्, ‘अहिले यस्तो विपत्ति आइलाग्यो। हामीलाई न्याय दिने कोही भएन।’

 

हाल मर्स्याङ्दी र उनका भाइले पोखरा छाडेका छन्। उनीहरू पढाइका लागि पोखरामा बसेका थिए। पोखरामा कलेज पढ्दै गरेकी मर्स्याङ्दी पुनको कम्पनीमा काम गर्थिन्।  

 

उच्च अदालतको फैसलाले कारागारमुक्त भएका पुनले रिसइबी साँध्न झन् पीडा दिन थालेको मर्स्याङ्दीले बताइन्।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement