असार २७, काठमाडौं । बलात्कारको मुद्दामा दोषी प्रमाणित भएका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।
संखुवासभा मकालु गा.वि.स. वडा नं.९ स्थायी घर भई हाल काठमाडौं कपन बस्ने ३८ वर्षका आङतेम्बा शेर्पालाई घटनाको २० वर्षपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो, महाराजगञ्जले आज कपनबाट पक्राउ गरेको जानकारी दिएको छ ।
२०५४ साल पुस १८ गते बेलुका मकालु गा.वि.स. वडा नं. ८ बस्ने एक महिलालाई आङतेम्बा शेर्पा समेत तीन जनाले जबरजस्ती करणी गरी फरार भएका थिए । यो घटनाका दोषीलाई संखुवासभा जिल्ला अदालतको मिति २०६१ चैत्र १० गतेको फैसलाले पाँच वर्ष कैदको फैसला सुनाएको थियो ।
आङतेम्बालाई ब्यूरोको टोलीले आजै काठमान्डौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाएको पनि जानकारी दिएको छ ।