Advertisement
Advertisement
Advertisement
Advertisement

बजार बुम भएपछि मिठाई बाँडेर खुशियाली मनाए लगानीकर्ताले

  |      13:01:00   |  
बजार बुम भएपछि मिठाई बाँडेर खुशियाली मनाए लगानीकर्ताले

 मंसिर २४, काठमाडौं । करिब २ वर्षपछि बजार बुम भएपछि ब्रोकर हाउसमा खुशियाली छाएको छ । 

आज नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पोजिटिभ सर्किट लगाई कारोबार स्थगन गर्नु परेको थियो । 
त्यसको २० मिनेटपछि पुनः सुरु भएको बजार केही मिनेटमै ५ प्रतिशतले बढेपछि दोश्रोपटक सर्किट लगाएर ४० मिनेट कारोबार रोक्नु परेको थियो । 

त्यसपछि खुलेको बजार पुनः उछालको गतिमै अगाडि बढेको थियो । केही मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नियमअनुसार आजको बाँकी अवधिको कारोबार स्थगित गरिएको थियो । करिब २ वर्षको सन्नाटा र पट्यारलाग्दो बजारको गिरावटपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण उत्साह बढेर बजार बुम भएपछि लगानीकर्ता खुशीले गदगद देखिएका छन् । 

राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर धितो कर्जामा लचक नीति लिने घोषणा गरेको थियो भने बैंक ब्याजदर घट्ने गरी नीतिगत दरहरु समेत घटेका थिए । 

मौद्रिक नीति लगत्तै बैंकहरुले धमाधम ब्याज घटाउन थालेपछि र बजारमैत्री नीति आएपछि लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ । उत्साहित र उच्च मनोबलसहित कारोबारमा प्रवेश गरेका लगानीकर्ताहरुको मुहारमा लामो समयपछि खुशियाली छाएको देखिएको छ । सर्किटमाथि सर्किट लाग्दै बजार बुम भएपछि ब्रोकर हाउसमा खुशीले उफ्रिने, चिच्याउनेदेखि मिठाई बाँड्नेसम्मका लगानीकर्ता भेटिएका थिए । 

नयाँ लाइसेन्स पाएकोमध्ये आक्रामक विजिनेश गरिरहेको क्यापिटल म्याक्सको कार्यालयमा पनि त्यस्तै खुशियाली छाएको थियो ।

लगानीकर्ताहरुले आपसमा मिठाई बाँडेर बजार बुम भएको खुशियाली मनाएका थिए । लगानीकर्ताहरुको प्रसन्न मुद्राले उनीहरुमा फर्किएको उच्च मनोबल र त्यसका कारण निकट भविष्यमै बजार निकै माथि जाने प्रतित गरिरहेको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement