Advertisement
Advertisement
Advertisement
Advertisement

फेसबुक र मोवाइलकै भरमा अरुलाई विश्वास गर्ने किशोरी बेचिनबाट जोगिइन्

  |      14:15:00   |  
फेसबुक र मोवाइलकै भरमा अरुलाई विश्वास गर्ने  किशोरी बेचिनबाट जोगिइन्

भवानी भट्ट ►

कञ्चनपुर। रुकुमको कोल गाउपालिकाकी धनमाया ९नाम परिवर्तन० को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग उनी गफिन्थिन् । धनमाया ति युवकसँग प्रेममा फस्न थालिन् । 
  
फेसबुकमा युवक र युवतीले आफ्नो तस्विर राखेका थिएनन् । अचानक एकदिन धनमायाको फेसबुक ब्लक भएपछि फोनमा कुराकानी हुन थाल्यो । फेसबुक र मोवाइलमा लामो समय कुराकानीपछि उनीहरु दुवै नजिक भए । ति युवकले धनमायालाई घुम्ने बहानामा बोलाउन थाले । धेरै कर गरेपछि धनमाया आफ्नी दिदिसँगै महेन्द्रनगर पुगिन् । 
 
युवकले उनलाई बनबसा पुलमा बोलाएका थिए । गड्डाचौकी नाका हुँदै जान लागेका दिदीबहिनीलाई माईती नेपालका कर्मचारीले रोकेर सोधपुछ गरे । त्यसपछि माईती नेपालका कर्मचारी युवतीहरुलाई गड्डामै राखेर युवक खोज्न हिंडे । नेपाली र भारतीय प्रहरीको सहयोगमा ति युवक पक्राउ पनि परे । उनी पक्राउ परेपछि धनमाया र उनकी दिदिलाई भारततिर पठाउन खोजेको रहस्य बाहिर आयो ।
 
‘धन्न हामी जोगियौं’ गत साता माईती नेपालले उद्धार गरेर फिर्ता ल्याएपछि घर जाने क्रममा भेटिएकी धनमायाले भनिन्, ‘फेसबुक र मोवाइलकै भरमा झण्डै बेचिएका थियौं ।’ युवकले झोलुंगे पुल, शुक्लाफाँटा र बनबसा पुल  घुमाइदिने भन्दै बोलाएको उनले बताइन् । 
 
माईती नेपालले भारतीय प्रहरीको एण्टी ह्युमन ट्राफिकिंङ सेलको सहयोगमा महाकाली नगरपालिकाका मोहन पाललाई नियन्त्रणमा लिएको हो । उनीसँग ५ किलोग्राम अफिमसमेत भेटिएपछि भारतीय प्रहरीले नै हिरासतमा राखेको छ । ‘उनले आफूलाई अर्कै युवकले युवतीहरु ल्याउन पठाएको बयान दिएका छन्’ माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘अफिम मेटिएपछि भारतीय प्रहरीले ति युवकको पनि खोजी गरिरहेको छ ।’ मोहनले धनमायासँग फोन र फेसबुकमा कुरा गर्ने पनि आफू नभएको बताएको उनले बताइन् । 
 
मोवाईल र फेसबुकको बढो प्रयोगले केहि वर्षयता त्यसकै माध्यमबाट मायाप्रेमको जालमा फसेर कयौं युवतीहरु भारत पुगेको हुन सक्ने रोकथाममा लागेकाहरु बताउछन् । सिमामा रोकथाम गरिएकाहरु पनि अधिकांस मोवाइलबाटै सम्पर्क भएका छन् । ‘दुईरचार महिना सम्म कुराकानी हुन्छ, मोवाइलकै भरमा घर छाडेर हिड्छन्’ माईती नेपालकि संयोजक भट्टले भनिन्, ‘दलालको फन्दामा परेर भारत पुगेपछि पछुताउछन् ।’ उनका अनुसार यतिबेला गड्डाचौकी नाकामा हरेक दिन भारत भएर तेस्रो मुलुक जाने तथा दलालहरुकै फन्दामा परेर भारत जाने ३र४ जना युवती भेटिने गरेका छन्।  
 
फेसबुककै माध्यमबाट महेन्द्रनगरका नरेश अवस्थीसँग प्रेमसम्बन्ध सुरु भएपछि काठमाण्डौकि १७ वर्षीया एक किशोरी पनि घर छाडेर हिडेको भट्टले बताईन । नरेशकि पहिलो श्रीमतिले थाहा पाएपछि ति किशोरीलाई प्रहरीको जिम्मा लगाइएको हो । पछि उनका  अभिभावकको जिम्मा लगाएर घर पठाइएको हो । 
 
‘छोरी स्कुलबाटै हिडेकी रहेछ, हामी त कता गई भनेर अन्यौलमा थियौं’ गत साता छोरीलाई लैजान महेन्द्रनगर पुगेका किशोरीका अभिभावकले भने, ‘मोवाईलको प्रयोगमा खुला छाडेका कारण अहिलेको समस्या आएको हो ।’ ति किशोरी गत वर्ष दशैंमा युवककै घरमा बसेर एक साता महेन्द्रनगर घुमेर फर्किएकी थिईन । यसपटक भने उनी विवाह गर्ने भनेर घर छाडेर हिंडेकी हुन् । कान्तिपुरमा प्रकाशित खबर ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement