Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेम सम्बन्धमा रहेका शिक्षकको हत्यामा २२ वर्षीया युवती पक्राउ

  |      11:26:00   |  
प्रेम सम्बन्धमा रहेका शिक्षकको हत्यामा २२ वर्षीया युवती पक्राउ

असोज १०, काठमाडौं। शिक्षक दीपक कुमार ठाकुरको ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरीएको छ । 

ओखलढुङ्का जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या गरेर फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको  हो । 

विष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा शिक्षण पेसामा कार्यरत थिए । हाल चिशंखुगढी गाउँपालिका ४ मा रहेको कालिका आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक ठाकुर सोही स्थानमा भै कुमार राईको घरमा डेरामा बस्ने गरेका थिए । असोज ७ गते बिहान शिक्षक आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि प्रहरी चौकी शेर्नाबाट प्रहरी पुगी घटनास्थलको सुरक्षा गरेका थिए । पछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट डीएसपी शुकदेव खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा अनुसन्धानका लागि पुगेको थियो । 

मृतकको टाउको तथा शरीरको अन्य भागमा समेत कुटपिट गरी घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधी मुखमा सिरानीले थिची हत्या गरेको अवस्थामा शव भेटिएको डीएसपी खनालले बताए । घटना सम्बन्धमा वारदातमा संलग्न शङ्कित व्यक्तिको पहिचान तथा खोजतलास गर्ने क्रममा मानवीय तथा प्राविधिक विश्लेषण गरी सूक्ष्म रूपमा अनुसन्धान गर्दा घटनामा छलमायाको संलग्नता हुनसक्ने आशंका गरी पक्राउ गर्दा शङ्कितले आफ्नो अपराध प्रहरीसमक्ष कबुल गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मृतक ठाकुरले धम्की दिएर टर्चर दिएको कारण युवतीले ठाकुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित धमला पहिले ठाकुरकै विद्यार्थी रहेको र हत्याअघि उनीहरू प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ । ठाकुर पहिले नै विवाहित रहेको छलमायासँग विवाह गर्न पनि नमानेको र छलमायाले अन्यत्र विवाह गर्न खोज्दा नाङ्गो फोटो र भिडियो भाइरल गरिदिने धम्की दिएको पक्राउ परेकी धमलाले प्रहरीलाई बताएकी छिन् । आफू विवाह पनि नगर्ने र अन्यत्र विवाह गर्न पनि नदिने तथा बारम्बार धम्की दिने गरेपछि आफूले ठाकुरको हत्या गरेको आरोपितले प्रहरीसमक्ष स्वीकार गरेकी छिन् । 

हत्यामा धमलाले आफ्नो मात्रै संलग्नता रहेको प्रहरीलाई बताएकी छिन् । यद्यपि हत्यामा अन्य कुनै व्यक्तिको पनि संलग्नता छ कि भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत ओखलढुङ्गाबाट आइतबार १२ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement