Advertisement
Advertisement
Advertisement
Advertisement

प्रसूति गराउने महिला भत्ताबाट वञ्चित

  |      17:10:00   |  
Symbolic : Image
Symbolic : Image
कात्तिक २६, लहान । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको बजेट नआएपछि सुरक्षित प्रसूति गराउने महिला विगत चार महिनादेखि भत्ता पाउनबाट वञ्चित भएका छन् । 
 
सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पताल सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात भत्ताबापत रु एक हजार र गर्भवती अवस्थामा तोकिएको अनुसार चार पटकसम्म स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउनेलाई थप रु ८०० प्रोत्साहन भत्ता लिने व्यवस्था गरेको छ । तर, समयमा कार्यक्रमको बजेट नआएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने महिला गत साउन महिनायता भत्ता पाउन नसकेको महिलाले बताएका छन्। 
 
गत भदौ ५ गतेदेखि अस्पतालमा छोरा पाए, त्यसको भोलिपल्टै अस्पतालबाट डिस्चार्ज भए पनि सुत्केरी भत्ता अझै पाउन नसकेको सिरहाको लहान नगरपालिका–५ की सरिता साहले बताउनुभयो । डिस्चार्ज भएकै बेलामा भत्ता दिने व्यवस्था रहे पनि तीन महिनासम्म सो भत्ता पाउन नसकेको उहाँको गुनासो छ । 
 
अस्पतालमा बाँकी रहेको सुत्केरी भत्ता लिन कहिले श्रीमान्लाई त, कहिले ससुरालाई अस्पताल पठाउने गरे पनि बजेट नआएको भन्दै फर्काउने गरिएको उहाँले बताउनुभयो । अस्पतालमा दैनिक १०÷१५ गर्भवती महिला प्रसूति गराउन आउने गरेका छन् । विगत चार÷पाँच वर्षदेखि अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालमा हाल तीन अनमी, एक ल्याब एसिस्टेन्ट र एक सहलेखापाल कार्यरत छन् तर, कार्यक्रमको बजेट नआउँदा विगत चार महिनादेखि उहाँहरुले तलब खान नपाएको गुनासो गरेका छन् । 
 
चालू आर्थिक वर्ष ०७६÷०७७ को साउन महिनायता बजेटसँगै कार्यक्रम सञ्चालनबारे कुनै निर्देशन नआएका कारण पाँचै जना कर्मचारी साउनदेखि हालसम्म तलब पाउन नपाएको गुनासो गरेका छन् । अस्पतालमा नियमित काम गर्दै आए पनि विगत चार महिनादेखि तलब नपाउँदा हातमुख जोड्नसमेत समस्या भइरहेको अनमीहरु बताउँछन् । 
 
विसं २०३५ मा स्थापित सो अस्पतालमा हाल चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अभाव भइरहेका बेला आमा सुरक्षा कार्यक्रमअन्तर्गत करारमा नियुक्त गरिएका अनमी र कर्मचारीले जसोतसो अस्पतालमा सेवा पु¥याउँदै आएको छ । 
 
यस्तै यस वर्ष समयमा आमा सुरक्षा कार्यक्रम सञ्चालनबारे ठोस परिपत्र र बजेट नआएपछि प्रसूति गराउने महिलालाई भत्ता र कर्मचारीलाई तलब खुवाउन नसकिएको अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालन गर्ने वा नगर्ने विषयमा अहिलेसम्म न त स्वास्थ्य विभागबाट निर्देशन आएको छ, न त प्रदेश नं। २ सरकारबाटै कुनै निर्देशन आएको छैन, जसका कारण कार्यक्रमबारे अन्यौलता बढेको छ ।” 
 
बजेट नआएका कारण प्रसूति गराएकाले भत्ताका लागि दैनिक अस्पतालमा आएर झगडा गर्ने गरेको मेसु डा कुशवाहाको गुनासो छ । शुरुमा स्वास्थ्य विभागबाट आमा सुरक्षा कार्यक्रमको बजेट आउने गरेकोमा पछिल्लो दुई वर्ष लहान नगरपालिकाबाट आएको थियो तर, यस वर्ष अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि यो कार्यक्रमको विषयमा हालसम्म कुनै निर्देशन नआएको मेसु डा कुशवाहाले बताउनुभयो ।   
- रासस 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement