मंसिर १३, काठमाडौं । फोटो प्रतियोगिता सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बताएको र प्रथमलाई यस प्र्तियोगितामा रु ५० हजार दिने भएको छ ।
सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने बताएको छ ।
प्रतियोगितामा सहभागी सान्त्वना हुनेलाइ १० हजार रुपैयाँ,तेश्रो हुनेलाई २५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ हजार रुपैयाँ रपहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्ममा photo.nepalarmy.mil.np मा फोटो पठाउनुपर्ने जनाइएको छ ।