असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट खेलको समूह ‘बी’ मा लुम्बिनी प्रदेशमाथि ९७ रनको जित निकाल्दै नेपाल पुलिस क्लब विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । पुलिससँग पराजित बाबजुद लुम्बिनीले उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएको पुलिस यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको थियो । शीर्ष स्थानको पुलिसको तीन खेलमा ६ अंक छ भने दोस्रो स्थानको लुम्बिनीको तीन खेलमा तीन अंक छ । तेस्रो स्थानको प्रदेश एकको दुई खेलमा एक अंक छ भने चौथो स्थानको कर्णालीले अंक खाता खोल्न सकेको छैन ।
शुक्रबार पोखरा क्रिकेट रंगशालामा पुलिसले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२।५ ओभरमा मात्र १५ रनमा सीमित भयो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पुलिसकी ईश्वरी विष्टले चार विकेट लिइन् । यस्तै, हिरनमई रोय र कप्तान रुबिना क्षेत्रीले समान दुई तथा सबनम राईले एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १२ रनको योगफल तयार पार्यो । पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको योगदान गरिन् । उनले २९ बलमा ७ चौका र एक छक्का प्रहार गरिन् । यस्तै, सम्झना खड्काले २९ रन र अप्सरी वेगम १० रनको योगदान गरे । लुम्बिनीको बलिङमा सुस्मिता भुसाल र मनिसा रानाले समान दुई विकेट लिए ।
वैशाख १८,काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट...
वैशाख १७,काठमाडौं । यही वैशाख १९ देखि हुने सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप...
वैशाख १० काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा। रिया बोहरा सन् २०२५...
वैशाख ६ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको...
चैत २५ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली...
चैत १७ काठमाडौं । मायामी ओपन टेनिसको उपाधि आर्यना सबालेन्काले जितेकी छन्। शीर्ष...
चैत १ काठमाडौं । युगाण्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो...
चैत १ काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू...
फागुन २८, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा...