Advertisement
Advertisement
Advertisement
Advertisement

पुरुष डोमिनेटेड भारतीय लोकसभा चुनावका हेभीवेट महिला नेता

  |      16:16:00   |  
वेब तस्विर
वेब तस्विर

चैत १८, ललितपुर । अप्रिल र मे महिनामा भारतमा १७ औं आम निर्वाचन अर्थात लोकसभा चुनाव हुँदैछ । यो चुनावलाई हिन्दु राष्ट्रियताको पक्षधर सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० वा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेसको जनमत संग्रह पनि मान्न सकिन्छ ।

 

 

संसारको सबैभन्दा धेरै मतदाताले नेतृत्व चुन्ने भएर नै भारतलाई सबैभन्दा ठुलो लोकतन्त्र पनि भनिन्छ । ५ सय ४३ सिट भएको लोकसभामा २ सय ८२ सिट सहित बहुमतको सत्ताधारी भाजपा भर्सेस ४४ सिट लोकसभा सिट भएपनि पछिल्लो राज्यसभा चुनावमा उत्साहप्रद नतिजा ल्याएको काँग्रेसको चुनावी अनुमान विश्वभर चर्चामा छन् मोदीको बहिर्गमन वा निरन्तरमा के होला भन्ने टुंगो लाउने चुनावी केन्द्रमा भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसका राष्ट्रिय अध्यक्ष राहुल गान्धी छन् ।

 

 

पुरुष डोमिनेटेड चुनावी चर्चामा भारतमा दुई महिला हस्ती पनि चर्चाकै रेसमा छन्।अर्की हस्तीकै रुपमा हेरिएकी उत्तर प्रदेशकी पुर्व मुख्यमन्त्री मयावतीले भने चुनावी मैदानमा नआउने प्रष्ट पारेकी छिन् ।

 

 

भिन्न भिन्न पार्टी, सामाजिक ब्याकग्राउण्डका उनीहरुबारेमा अहिले चर्चा केन्द्रित छ । यी नेत्रृहरुबारे कल्याणी शंकरले द स्टेट्सम्यानमा यही फ्रेबु्रअरी १० मा एक आलेख समेत लेखेकी छन् । यी हुन भारतीय संघीय सरकारको नक्सा कोर्ने लोकसभामा चर्चामा आएका दुई महिला राजनितिज्ञ ममता बनर्जी, मुख्यमन्त्री, पश्चिम बंगाल तथा अध्यक्ष, अल इन्डिया तृणमूल काँग्रेस

 

 

वामपन्थी दलको एकछत्र सत्तालाई चुनावी जनमतले चिरेर सन् २०११ मा पश्चिम बंगालको आठौं मुख्यमन्त्री तथा पहिलो महिला मुख्यमन्त्री बनेकी हुन ममता बनर्जी ।६४ वर्षीया बनर्जीले भारतीय राष्ट्रिय काँग्रेसबाट सन् १९९८ मा अलग भएर आफ्नै अध्यक्षतामा अल इन्डिया तृणमूल काँग्रेस दल गठन गरेकी थिइन् ।

 

 

जोराघाँस फूल चुनाव चिन्ह भएको बनर्जीको दलले सन् २०१४ को लोकसभाको चुनावमा ३४ सिट ल्याएर चौथो ठूलो राष्ट्रिय दल समेत बनेको थियो । आसन्न लोकसभा चुनावमा बनर्जीको दलले राम्रै जनतम ल्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

 

 

प्रियंका गान्धी, महासचिव, भारतीय राष्ट्रिय काँग्रेस

गान्धी–नेहरु परिवारकी सदस्य प्रियंका गान्धी भारतीय राष्ट्रिय काँग्रेसका केन्द्रीय अध्यक्ष राहुल गान्धिकी बहिनी हुन् ।राजनीतिबाट अलग्गै रेहेकी गान्धि आसन्न चुनावको लागी उत्तर प्रदेशको कमाण्ड सम्हालेर खानदानी राजनीतिमा प्रवेश गरेकी छिन् ।भारतीय राष्ट्रिय काँग्रेसको निर्णयहरु गर्ने समितिको रुपमा रहेको अल इन्डिया काँग्रेस कमिटिकी महासचिव छिन् उनी ।

 

 

उत्तर प्रदेशको पूर्व क्षेत्रको चुनावी कमान्डरको रुपमा प्रियंकालाई जिम्मेवारी दिइएको छ । बौद्ध धर्म बारेमा स्नातकोत्तर गरेकी गान्धिले मोदीको चुनाव क्षेत्र ९वाराणासी० र उत्तर प्रदेशका पपुलिस्ट मुख्यमन्त्री योगी आदित्यनाथको जनमतलाई तान्नसक्ने भारतीय मिडियाहरुले बताएका छन् ।

 

 

उठेको हत्केला चुनाव चिन्ह भएको काँग्रेसलाई अत्यन्तै चर्चामा रहेकी गान्धिले उठाउँछिन् वा उठाउँदिनन्, त्यो भने लोकसभा चुनावले नै देखाउनेछ । 

– स्रोतमहिला खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement