Advertisement
Advertisement
Advertisement
Advertisement

पुराणको मण्डपबाट उठाएर ६ वर्षीया बालिकाको सामूहिक बलात्कार

  |      14:45:00   |  
वेब तस्विर
वेब तस्विर

नरेन्द्र बस्नेत–

असार २१, मोरङ । पुराण जस्तो पवित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर दुई यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी ६ वर्षीया बालिकालाई पुराणको मण्डपबाट उठाएर लगी बलात्कार गरेका छन् ।

 

मोरङको पथरीशनिश्चरेमा रहेको मावली घरमा भएको पुराणमा गएकी मोरङको बेलबारीकी ६ वर्षीया बालिकालाई जेठ १९ गते सामूहिक बलात्कार गरेका हुन् । पुराणमा प्राविधिकका रुपमा काम गर्न गएका सुनवर्षी नगरपालिकाका २० वर्षका नरेश ताजपुरिया र १८ वर्षका बिक्की पासवानले मण्डपबाट उठाएर नजिकैको मकैबारीमा लगी बलात्कार गरेका थिए ।

 

बलात्कार पछि बालिकालाई ललीपप दिई फकाएर घटना नभन्नु भनेका रहेछन् । तर, घटना भएको झण्डै डेढ महिनापछि पीडित बालिकाले आफन्तलाई सुनाएपछि घटना सार्वजनिक भएको हो ।

 

कसरी भयो घटना ?

मावली घरमा भएको पुराणमा आफन्तको साथमा बालिका गएकी थिईन् । जेठ १९ गतेसम्म पुराण चलेको थियो । त्यहि दिउँसो ताजपुरियाले पुराणमा आएका बालिकालाई फकाउने, चकलेट किन्ने र काखमा राख्ने गरेका थिए । केही आफन्तहरुले शंका गरेपनि बालिकाको मायाले होला भनेर कसैले वास्ता गरेनन् ।

 

बालिकाका बाबुका अनुसार त्यहि दिन बेलुका ती युवा सहित बालिका हराईन् । आफन्तले खोज्ने क्रममा राति ७ बजेर ४० मिनेट जाँदा घर छेउको बाटोमा फेला परिन् । तर, बालिकाले केही भनिनन् ।

 

भेलिपल्ट बालिकालाई ज्वरो आयो, आफन्तहरुको सल्लाह अनुसार धामी हजुरबा नै भएका कारण फुकफाक भयो । छिमेकीमा सामान्य हल्ला भएपनि बालिकाले केही नभनेपछि घटना सामसुम नै भयो ।

 

केही दिनपछि उनीहरु घर फर्किए । बालिकालाई भने पिसाब रोकिने समस्या भयो । उनीहरुले बेलबारीकै क्लिनिकमा जचाँए । त्यहाँ सामान्य हो भनेपछि ईटहरी लगे । इटहरीमा पनि समस्या सामान्य हो भनी औषधि दिएर फकाईयो ।

 

तर, केही दिनपछि ती बालिकाले आफ्ना बुबालाई त्यो अंकलले मकैबारीमा लगेर यसो गर्यो भन्दै ईतिबृतान्त सुनाएपछि बाबु सहित परिवारको होस उडयो ।

 

उनीहरुले केही छिमेकीलाई गुहारे अनि ईलाका प्रहरी कार्यलय बेलबारी पुगे । ईलाकाले घटना पथरीको भन्दै पथरी पठायो । त्यहाँ पुगेपछि प्रहरी सामु बालिकाले सबै घटनाको ईतिबृतान्त सुनाईन् । आफन्तको उजुरीको आधारमा जेठ ३१ गते बिक्की र असार १० गते ताजपुरीयालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले जानकारी दिए ।

 

बेलबारीको एक निजि विद्यालयमा कक्षा १ मा अध्यायनरत बालिका एक अब्बल बिद्यार्थी हुन । उनले यसै वर्षपनि पुरुस्कार जितिन् । उनका बाबुका अनुसार घटना भएयता भने बालिका टोलाउन थालेकी छिन् ।

 

बेला बेला पिसाब रोकिने समस्या भएको छ । उनका बाबुले गहभरि आँसु पार्दै भने ‘ती यौनपिपासु नरपिसाचहरुलाई जसरी भएपनि कारबाही होस् ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement