Advertisement
Advertisement
Advertisement
Advertisement

परिवारकै एक्ली एयर होस्टेस छोरी गुमाउनुपर्दा परिवार र गाउँ नै स्तब्ध

  |      11:10:00   |  
web image
web image

माघ २, काठमाडौं । सिर्जना २०७२ सालदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा काम गर्थिन्। ड्युटीका कारण बिदा मिलाएर घर जान पाएकी थिइनन्। 

रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरवाकी सरस्वती थापा आइतबार साँझ काठमाडौं जाने तयारीमा थिइन्। उनकी नन्द सिर्जना हुङचुङ (सिर्जु थापा) काठमाडौं बस्थिन्। दसैं मनाएर काठमाडौं गएपछि घर आएकी थिइनन्।

आइतबार बिहान साढे १० बजे काठमाडौंदेखि पोखरा उडान भरेको एटिआर ७२ जहाज आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका थियो। सिर्जनाको ड्युटी त्यही विमानमा थियो। दिनभर व्यस्त हुने भएकाले उनले भाउजू सरस्वतीलाई सोमबार मात्र काठमाडौं आउन भनिन्।

सिर्जनाले शनिबार दिउँसो आमा खिमिसरा र भाउजू सरस्वतीसँग मोबाइलमा लामै कुरा गरेकी थिइन्। माघे संक्रान्ति भएकाले सरस्वतीका हातमा आमाले खानेकुरा पठाइदिने भइन्। सेल र बटुक सिर्जनालाई साह्रै मनपर्ने भएकाले अलि धेरै पठाइदिनु भनिन्।

आइतबार माघे संक्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि बाक्लो हुस्सु थियो। शितलहरले आकाश ढाकेको थियो। खिमिसरा चिसो बेवास्ता गर्दै छोरीका लागि बटुक र सेलरोटी पकाउन थालिन्।

बिहान साढे ११ बजेतिर, उनी पकाउनमै व्यस्त थिइन्, खिमिसराको कानमा पर्‍यो-पोखरामा विमान खस्यो रे !

शनिबार कुरा गर्दा सिर्जनाले आइतबार पोखरा जाने भनेकी थिइन्। खिमिसराको मनमा चिसो पस्यो। पोखरामा खसेको जहाज यती एयरलाइन्सकै भनेपछि हातखुट्टा पनि काम्न थाले।

छोरीका लागि उनले बटुक र सेलरोटी पकाएर सकेकै थिइनन्, छोरीको जीवन नै सक्किएको खबर आइपुग्यो।

एक्ली छोरी गुमाउनुपर्दा खिमिसराको होसहवासै उड्यो। परिवार र उनको गाउँ नै स्तब्ध बनेको छ।

'हिजो मात्र मोबाइलमा कुरा गरेकी थिई। ममी भाउजूसँग धेरै बटुक र रोटी पठाइदिनू है भनेकी थिई,'खिमिसरा सिर्जनाले भनेका अन्तिम वाक्य सम्झिँदै भक्कानो छोडिरहेकी थिइन्। टोल छिमेकका महिला र आफन्तहरू उनलाई सम्झाइरहेका थिए। 

तर छोरीको वियोगको पीडा सहनुपर्दा खिमिसराको विलौना थामिएको थिएन।

'परिवारकै एउटी छोरी हो, मलाई कस्तो भएको छ के था अरूलाईरु भिरबाट हाम फालेर मरौंजस्तो भएको छ,' उनी भन्दै थिइन्।

भारतीय सेनाबाट अवकाश प्राप्त बुवा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका दुई दाजु र एक भाइ छन्। मामा एकबहादुर गाहाका अनुसार सिर्जना उनका तीन जना काका-बडाबाहरूकी पनि एक्ली छोरी थिइन्।

प्लस-टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीबाट पढेकी उनले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक गरेकी थिइन्। स्नातकपछि बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरिरहेकी थिइन्।

'सानैदेखि पढाइमा अब्बल थिइन्। घरपरिवार र आफन्तका बीचमा पनि मिलनसार र सहयोगी भाव राख्थिन्,'उनका मामा एकबहादुरले भने।

आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement