Advertisement
Advertisement
Advertisement
Advertisement

पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि एसपीको सरुवा गर्न माग

  |      13:10:00   |  
web image
web image

जेठ ४, काठमाडौं । पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि एसपीको सरुवा गर्न मागनियन्त्रणमा लिएपछि नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्ला प्रहरी कार्यालयका प्रमुख(एसपी)को सरुवा माग गरेको छ ।

मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडियो खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोही विषयलाई लिएर पत्रकार महासंघ कञ्चनपुरका शाखाका अध्यक्ष माधव धामीको अध्यक्षतामा बसेको पत्रकारहरुको बैठकले एसपी कमल थापा सुरुवातदेखि नै मिडियामैत्री नदेखिएको भन्दै सरुवा गर्न माग गर्ने निर्णय गरेको हो।

एसपी थापाको सरुवा गर्न माग गर्दै पत्रकार महासंघ कञ्चनपुर शाखाले नेपाल प्रहरीका प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको सचिव राजेन्द्र अवस्थीले जानकारी दिए ।

उनका अनुसार एसपीलाई पाँच दिनभित्र सरुवा नगरिएमा जिल्लामा उनले गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय समेत गरिएको छ । पत्रकारलाई शान्तिपूर्ण वातावरणमा समाचार संकलन गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग छलफल समेत गर्ने भएको छ।

यसैबीच नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि रिपोर्टिङका क्रममा पत्रकारद्वय नाथ र कुँवरमाथि धरपकड गरेर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ।

प्रदेश महासचिव रामसिंह ठगुन्नाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई नियन्त्रणमा लिने कार्यले प्रेस स्वन्तत्रताको हनन् भएको ठहर गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement