Advertisement
Advertisement
Advertisement
Advertisement

पत्नी हत्याको आरोपमा काँग्रेस नेता शशि थरुरलाई सफाइ

  |      13:00:00   |  
Web Image
Web Image

भदौ २, काठमाडौं । दिल्लीको एक अदालतले भारतीय काँग्रेसका नेता शशि थरुरलाई उनको पत्नी सुनन्दा पुष्करको हत्याको सबै आरोपमा सफाइ दिएको छ । अदालतले प्रमाणको अभावको आधारमा थरुरमाथि आत्महत्या दुरुत्साहनको मामिला खारेज गरेको बीबीसीले जनाएको छ ।

सुनन्दा पुष्कर सन् २०१४ जनवरी १७ मा दिल्लीको एक पाँच तारे होटेलमा मृत पाइएकी थिइन् । सुरुमा उनको मृत्युलाई आत्महत्या मानिएको थियो । तर, पछि दिल्ली प्रहरीले उनको हत्या भएको बताएको थियो । यद्यपि, प्रहरीले सन्दिग्धको नाम सार्वजनिक गरेको थियो ।

सन् २०१८ मा दिल्ली प्रहरीले शशि थरुरमाथि आफ्नो पत्नीलाई आत्महत्याका लागि उक्साएको र क्रुरताको आरोप लगाएको थियो । त्यतिबेला थरुरले आफूमाथि लगाइएको आरोपलाई आधारहीन बताउँदै यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए । 

अदालतले सफाइ दिएको आदेश दिएपछि एक बयान जारी गर्दै न्यायाधीश गीताञ्जली गोयलप्रति आभार प्रकट गरेका छन् । थरुरले लेखेका छन्, 'यो आदेशले त्यो डरलाग्दो सपनाको अन्त्य भएको छ जसले मलाई मेरी पत्नी सुनन्दाको दुःखद मृत्युपछि घेरेको थियो । मैले संयम भएर ममाथि लगाएका दर्जनौँ आरोप र मिडियामा लगाइएको मिथ्या आरोपको सामना गरेँ र भारतीय न्यायपालिकामाथि आफ्नो आस्था कायम राखेँ, जसको आज जीत भएको छ ।'


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement