Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल बैंकमा पहिलोपटक महिला सीइओको उदय हुनसक्ने

  |      12:47:00   |  
नेपाल बैंकमा पहिलोपटक महिला सीइओको उदय हुनसक्ने

असोज ३,काठमाडौं । हाल भइरहेका भित्री तयारी अनुसारकै घटनाक्रमको विकास भए नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले आफ्नो इतिहासमै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पाउनेछ । 

नेपाल बैंक लिमीटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर अधिकारीको कार्यकाल असोज दोश्रो साता सकिँदैछ । त्यसपछि रिक्त रहने प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पदमा महिला पात्रको उदय हुने सम्भावना बढेको हो । 

नेपाल बैंकमा व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत(सीइओ)ले गर्न थालेपछि कुनै पनि महिलाले यो अवसर पाएका छैनन् । 

२०५८ सालमा भवानीदेवी शर्माले महाप्रबन्धकको रुपमा १५ दिन बैंक हाकेकी थिइन् । बासुदेवराम जोशीको पालादेखि बैंकको व्यवस्थापकीय नेतृत्वमा प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पद सिर्जना गर्न थालिएको थियो । त्यसपछि हालसम्मको करिब २२ वर्षको इतिहासमा ८ जना सीइओको रुपमा नियुक्त भइसकेकोमा पहिलोपटक महिला सीइओको उदय हुने परिस्थिति बन्न लागेको हो। 

हाल नेपाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत(डीसीइओ)को रुपमा समता पन्त(भट्ट) कार्यरत छिन् । सीइओ अधिकारीको कार्यकाल समाप्तिपछि असोज अन्तिम सातादेखि नै समता पन्तको बैंक नेतृत्वमा उदय हुनसक्ने सम्भावना बलियो बन्दै गएको स्रोतहरुले दाबी गरेका छन् । 

नेपाल बैंकको सञ्चालक समितिका सदस्यहरुकाअनुसार बैंकको आगामी सीइओको रुपमा पन्त नै निर्विकल्प पात्रको रुपमा देखिएकी छिन् । ‘पन्तको विषयमा अर्थमन्त्रालय पनि निकै सकारात्मक देखिएको छ ।’ एक सञ्चालकले भने–‘अर्थमन्त्री ज्यू स्वयम् पनि नेपाल बैंकमा पहिलो महिला सीइओको इतिहास बनाउनुपर्छ भन्ने कुरामा सकारात्मक देखिनुहुन्छ । राष्ट्रबैंकमा पनि पन्तको विषयमा सकारात्मक माहौल छ ।’

पन्त नेपाल बैंककै क्याडर हुन् । वि.स २०६१ सालमा उनी नेपाल बैंककै छैठौं तहको कर्मचारीको रुपमा प्रवेश गरेकी थिइन् । तुलनात्मक रुपमा छोटो समयमै उनी नेपाल बैंकको डीसीइओ बन्न सफल भएकी महिला हुन् ।

पन्तका पति भने नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशक हुन् । उनका पति ऋषिकेश भट्ट राष्ट्रबैंकको एसेट र सर्भिस म्यानेजमेन्ट डिपार्टमेन्टको नेतृत्व गरिरहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement